+
+

दिनेशको यात्रा खुल्ला छनोटबाट राष्ट्रिय टिमसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते ९:०३

२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टिममा नियमित परिरहेकै बेला अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएका दिनेश राजवंशी नेपाल सुपर लिग २०२३ खेल्न फेरि नेपाल फर्केका छन् । उनी अहिले पोखरा थन्डर्समा आवद्ध छन् र त्यसका आइकोनिक प्लेयर समेत रहेका छन् ।

मुख्यतः सेन्टर डिफेन्सका यी खेलाडी लेफ्ट डिफेन्सबाट पनि खेल्न सक्षम छन् । नेपाली राष्ट्रिय टिममा छँदा उनको र अनन्त तामाङको जोडी मिलेको देखिन्थ्यो । उनको अभावमा रोहित चन्दले डिफेन्समा झरेर खेल्नु परेको हुन्छ ।

शारीरिक रूपमा बलियो देखिने दिनेशले डिफेन्डरका रूपमा विरलै मात्र विपक्षीलाई सजिलै मौका दिने गर्छन् । यही विशेषताका कारण उनी पोखराको प्रमुख खेलाडी रहेका छन् ।

दिनेशको सबैभन्दा ठूलो विशेषता भनेको कम बोल्छन् । कुनै-कुनै बेला विवादमा पनि परिरहन्छन् । तर जति बेला मैदानमा हुन्छन्, आफ्नो काम र कर्तव्य मज्जाले निभाउने गर्छन् । खेल भनेपछि त्यसमै केन्द्रित हुने उनको अर्को ठूलो विशेषता हुन सक्छ ।

सुरुआती खेल जीवन

दिनेशको खेल जीवनको एउटा फरक पाटो के भने उनी खुल्ला छनोटबाट नेपाली फुटबलमा प्रवेश गरेका हुन् । मोरङ घर भएका दिनेश हुर्केको बढेको भने काठमाडौंमै हो । उनले त्रिभुवन विमानस्थल पछाडिको मैदानमा खेल्दै फुटबल सिके । एन्फा १६ टिम बनाउनका लागि खुल्ला छनोट हुँदा उनी त्यसमा सहभागी भए र छनोट पनि भए । यो भयो दस वर्ष अगाडिको घटना, ०७० साल अगाडि । एकपल्ट छनोट भएपछि उनले फेरि फर्केर हेर्नु परेन ।

उनले नेपाली घरेलु फुटबलमा खेलेको पहिलो ठूलो प्रतियोगिता भनेको ०७० को राष्ट्रिय लिग नै हो । त्यसमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै उनले खेल्न सुरु गरे । त्यो प्रतियोगिता थ्री स्टारले जितेको थियो र त्यसमा सुदूरपश्चिमले खासै प्रभाव पार्न सकेन । तर दिनेशको व्यक्तिगत खेलबाट भने सबै प्रभावित रहे । त्यसमध्ये एक क्लब त थ्री स्टार आफैँ थियो । दिनेशले थ्री स्टारका लागि लिग त खेलेनन्, खालि विभिन्न गोल्डकपहरू मात्र खेले ।

तर उनले नेपाली घरेलु फुटबलका अन्य दुई ठूला क्लबका लागि भने ‘ए’ डिभिजन खेले । त्यसमा पहिलो क्लब थियो, पुलिस । त्यसपछि च्यासल हुँदै उनी मनाङ मर्स्याङ्दीसम्म पुगे । अस्ट्रेलिया गएयता उनले यति फुटबल क्लबबाट खेले ।

वर्ष ०७८ को पहिलो संस्कणको नेपाल सुपर लिगमा उनले धनगढी एफसीका लागि खेलेका थिए । एनएसएलको छोटो इतिहासमा सबैभन्दा सुदृढ टिममा धनगढी पर्छ र त्यसको एउटा कारण दिनेशको योगदान पनि हो ।

धनगढी पहिलो संस्करणको उपविजेता रहेको थियो । त्यसक्रममा टिमले आठ खेले खेलेको थियो, छ लिग चरणका खेल र अन्य दुईमा क्वालिफायर र फाइनल । यी सबैमा पूरा ९० मिनेट सब्टिच्युट नभएर खेल्ने खेलाडीमा दिनेश पनि पर्छन् । उनकै दरिलो डिफेन्सका कारण धनगढीका त्यो बेलाका गोलरक्षक किरण लिम्बूलाई सजिलो भएको थियो ।

सम्भवतः दिनेश अस्ट्रेलिया गए पनि नेपाली घरेलु फुटबल खेल्न नेपाल आइरहने छन् ।

राष्ट्रिय टिममा प्रवेश

दिनेशले नेपाली राष्ट्रिय टिममा प्रवेशका लागि खासै संघर्ष भने गर्नु परेन । सन् २०१८ मा इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा भएको एसियाली खेलकुदमा सहभागी पुरुष टिममा उनी एक सदस्य थिए । नेपालले त्यतिबेला जापानी प्रशिक्षक ग्यातुकु कोजीको नेतृत्वमा खेलेको थियो । त्यो एसियाली खेलकुद भने अगस्ट र सेप्टेम्बरबीच भएको थियो ।

त्यही वर्षको मार्चमै उनले राष्ट्रिय टिमका लागि डेब्यु गर्ने अवसर भने पाए । त्यसको अर्थ एसियाली खेलकुद अगाडि नै उनी राष्ट्रिय खेलाडी भइसकेका थिए ।

उनले यमनविरुद्ध एसियाकप छनोटको कतारमा भएको खेलमा पहिलोपल्ट देशको प्रतिनिधित्व गरेर खेले । प्रशिक्षक कोजीले दिनेशलाई डेब्युका बेला स्टार्टिङ लाइनअपमै राखेका थिए । उनी पहिलो रोजाइका डिफेन्डरमध्ये एक रहेका थिए । त्यतिबेला डिफेन्समा उनीसँगै थिए, तिनै अनन्त तामाङसँगै विराज महर्जन पनि ।

नेपालका लागि उनको अन्तिम खेल भने सन् २०२२ को नोभेम्बरमा पाकिस्तानविरुद्ध काठमाडौंमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रह्यो ।

नेपालका लागि प्रदर्शन

कुल क्याप : २४

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?