+
+

संघीय संसदको नयाँ महासचिवमा पद्म प्रसाद पाण्डे सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १८:४६

२४ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस भएका छन् ।

गौतमले आइतबार राजीनामा दिएका थिए । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेको नाम महासचिवका लागि सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका छन् ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?