+
+

इस्लिङटन कलेजमा साइबर सुरक्षा अनुसन्धान केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १२:५४

काठमाडौं । इस्लिङट्न कलेजले नेपालकै पहिलो साइबर सुरक्षा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले केन्द्रको उद्घाटन गरिन् ।

साइबर सुरक्षा खतराबाट जोगाउन अनुसन्धान केन्द्रले भूमिका खेल्ने इस्लिङटन कलेजले जनाएको छ । शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्वविद्यार्थीहरूले गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेनभित्र नयाँ नयाँ प्रविधिको प्रयोग गरी साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गरिने जनाइएको छ ।

उद्घाटन समारोहलाई बोल्दै लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो–भाइस चान्सलर नोना म्याकडफले साइबर सुरक्षा शिक्षाको क्षेत्रमा इस्लिङटन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताबारे चर्चा गरिन् ।

‘इस्लिङटन कलेज, नेपालमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम चाल्न पाउँदा गौरवान्वित महसुस गर्छ,’ उनले भनिन्, ‘साइबरसुरक्षा अनुसन्धान केन्द्रले एकेडेमिक रिसर्च सेन्टरको रूपमा मात्र काम नगरी एकेडेमिक र उद्योगबीचको अन्तर मेटाउने प्रयास गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?