+
+

उपभोग्य मिति उल्लेख नगरी दूध बिक्री गर्ने डेरीलाई ३ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १३:१७
फाइल तस्वीर

२६  मंसिर, काठमाडौं । दुग्ध पदार्थमा लेबल उल्लेख नगरेको कसुरमा एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।

उपभोक्ता संरक्षण ऐनअनुसार अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्छ । तर उक्त डेरीले सो नियम पालना नगरेको विभागले जनाएको छ । लेबलबिनाकै बजार पठाउन लागिएको त्यस्तो दूधलाई नष्ट गरिएको पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?