+
+

एकाधिकारको मुद्दामा गुगलले ९३ अर्ब जरिवाना तिर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १२:०२

गुगलको मातृ कम्पनी अल्फाबेटले प्ले स्टोरको एकाधिकार सम्बन्धी मुद्दामा ७० करोड डलर अर्थात् करिब ९३ अर्ब रुपैयाँ जरिवाना तिर्ने भएको छ ।

अमेरिकाका ५० वटा राज्य तथा उपभोक्ताहरुले दायर गरेको मुद्दामा ७० करोड डलर क्षतिपूर्ति तिर्न गुगल तयार भएको हो ।

उक्त उजुरीमा एन्ड्रोइड एपस्टोरको बजारमा गुगलले प्रतिस्पर्धा विरोधी अवैधानिक एकाधिकार कायम गरेको, एन्ड्रोइड एपहरुको मूल्य बढाएको, गुगल प्लेका कारोबारमा ३० प्रतिशतसम्म कमिसन लिएको लगायतका अभियोग लगाइएको छ । उक्त मुद्दामा ७० करोड तिरेर मिलापत्र गर्न गुगल सहमति भएको छ ।

यस विषयमा गुगलले गरेको प्रस्ताव अनुसार ६२ करोड ९० लाख डलर रकम उपभोक्ताहरुलाई जानेछ जसले एपहरु खरिद गर्दा वा एपमार्फत् कारोबार गर्दा बढी रकम तिर्नुपरेको थियो ।

त्यस्तै ७ करोड डलर ५० वटा अमेरिकी राज्य तथा १० लाख डलर मुद्दाको प्रशासनिक खर्चका लागि छुट्टाइएको छ ।

त्यस्तै सहमति बमोजिम गुगलले आगामी ७ वर्षसम्म गुगलले एन्ड्रोइड मोबाइलमा गुगल प्ले बाहेकका माध्यमबाट समेत थर्ड पार्टी एपहरु डाउनलोड गर्ने सुविधा दिनेछ ।

त्यस्तै गुगलले नयाँ एन्ड्रोइड फोनमा गुगल प्ले स्टोरको बाध्यकारी प्रिइन्स्टलेसन गर्नेछैन र अन्य एप स्टोरपनि राख्न पाइनेछ ।

गुगलको प्रस्ताव अनुसार एप डेभलपरहरुलाई गुगल प्ले बाट मात्रै सर्वाधिक उत्तम मूल्यको अफर प्रस्तुत गर्न बाध्य पार्नेछैन र एप वितरणमा बढी स्वतन्त्रता प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?