+
+

दिल्लीका कप्तान ऋषभ पन्तलाई १९ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते ७:१३

१९ चैत, काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ ।

आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेट(निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि ) जरिवानामा परेका हुन् ।

जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात टाइटन्सका शुभमन गिलपछि  पन्त दोस्रो कप्तान हुन् ।

गत मंगलबार गिल चेन्नाईविरुद्ध नै कारबाहीमा परेका थिए । पन्तको अर्धशतकको सहयोगमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई २० रनले हराउँदै पहिलो जित हात पारेको छ ।

विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनायो ।

कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनको इनिङ खेलेका थिए  । २०२२ मा कार दुर्घटनापछि पन्त यसै आईपीएलबाट क्रिकेटमा फर्किएका छन् ।

पन्तको लय भारतीय क्रिकेटका लागि धेरै राम्रो संकेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?