+
+

थप १५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते ११:२०

२६ मंसिर, काठमाडौं । नेपाल प्रशासन सेवाका थप १५ जना उपसचिवहरु सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले निजामती सेवा ऐन २०४९ अनुसार बढुवा सिफारिस गरेको हो ।

कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाका लागि सिफारिस हुनेहरुमा उसचिव नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुबबहादुर खड्का, दीर्घबहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋृषिराम पंगेनी, रामुराज उपाध्याय कडरिया, राज चम्लागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्य बहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋृषिराज आचार्य छन् ।

यसअघि प्रशासन सेवाकै १५ उपसचिव जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भइसकेका छन् । यसअघि १९ मंसिरमा खिमबहादुर रायमाझी, कृष्णबहादुर बस्नेत, सुवासचन्द्र शिवाकोटी, खिमबहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णुप्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी, केशवराज ढकाल र कमानसिंह खत्री, विष्णुप्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिगांस अधिकारी पनि बढुवा सिफारिसमा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?