+
+

महिलाले भाडामा राखिन् आफ्नो आधा ओछ्यान, मासिक भाडा ९० हजार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १५:०९

२६ मंसिर, काठमाडौं । यो दुनियामा भाडा नजाने भन्ने चिज के पो रहेछ र ? हुँदाहुँदा क्यानडामा एकजना महिलाले आफ्नो आधा बेड समेत भाडामा दिनका लागि विज्ञापन गरिन् ।

क्यानडाको टोरन्टोमा घरजग्गाको भ्यालुएसन गर्ने काम गरिरहेकी रिएल्टर आन्या एटिंगरले एकजना महिलाको निकै अनौठो फेसबुक पोस्ट आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

फेसबुक मार्केट प्लेसमा राखिएको उक्त विज्ञापनमा  ती महिलाले आफ्नो ओछ्यानको आधा भाग  मासिक ९ सय क्यानेडियन डलर अर्थात् करीब ९० हजार रुपैयाँमा भाडामा राखिएको थियो ।

उक्त फेसबुक विज्ञापन हाल डिलिट भैसकेको भएपनि डिलिट हुनुअगावै त्यो निकै भाइरल बन्यो । वास्तवमा आफ्नो आधा बेड भाडामा लगाउन चाहेकी ती महिलाले मास्टर बेडरुम शेयर गर्न सकिने खालकी सजिलो आनीबानी भएकी महिला साथीलाई रुममेट बनाउन खोजेकी रहेछिन् ।

त्यसैले उनले फेसबुक मार्केट प्लेसमा विज्ञापन हालिन् । जसमा लेखिएको थियो :  मास्टर बेडरुम र क्विन–साइज्ड बेड शेयर गर्नका लागि एकजना सजिलो खालकी महिलाको आवश्यकता ।

मेरो कोठामा एउटा मात्रै ओछ्यान छ र यसअघि पनि मैले फेसबुकबाटै साथी खोजेर बेडरुम शेयर गरेकी थिएँ, जुन निकै गज्जब भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?