+
+

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १६:३८

२६ मंसिर, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।

‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको छ,’ मन्त्री रिजालले अनलाइनखबरसँग भने, ‘भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाउनुभएको छ ।’ राजीनामाको कारणबारे भने मन्त्री रिजालले केही खुलाएनन् ।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?