+

के हो सिटी स्क्यान ? यसले कुनै असर गर्छ ?

२०८० मंसिर  २६ गते १७:३१ २०८० मंसिर २६ गते १७:३१
के हो सिटी स्क्यान ? यसले कुनै असर गर्छ ?

सिटी स्क्यान के हो ? कुन अवस्थामा चिकित्सकले सिटी स्क्यान गर्न सिफारिस गर्छन् ? यसले के कस्ता समस्या  पहिचान गरिन्छ ?

केही गम्भीर रोगहरूमा चिकित्सकले शरीरको कुनै निश्चित भागको विस्तृत जानकारीको लिनका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन् । सिटी स्क्यान एक्स–रे को एउटा रूप हो । जसको पूरा नाम कम्प्यूटराइज्ड फोटोग्राफी स्क्यान हो ।

सिटी स्क्यानका लागि बिरामीलाई सुताउने गरिन्छ ।  यो मेसिनको आकार सुरुङ जस्तै हुन्छ ।  यो मसिनको भित्री भाग विभिन्न कोणमा घुम्ने गर्छ र जाँच गर्नुपर्ने अंगहरूको जाँच गर्छ ।

सामान्य एक्स-रे मा अंगहरू कुन अवस्थामा छन् भनेर मात्र थाहा हुन्छ भने सिटी स्क्यानमा  अंगहरूको स्थितिका साथै  रोग कुन चरणमा छ भन्नेसमेत पत्ता लगाउन सकिन्छ ।

किन गरिन्छ ?

चिकित्सकले कुनै पनि रोगको अनुसन्धान गर्दा शरीरको  तन्तु, रक्तनली वा हड्डीको विस्तृत जानकारी आवश्यक परेमा सिटी स्क्यान गर्न सिफारिस गर्छन् ।

मांसपेशीको समस्या, हड्डी सम्बन्धित गम्भीर रोगहरू, पेटको समस्या,  क्यान्सर उपचारको समयमा, शरीर को कुनै पनि आन्तरिक चोटको उपचारमा र मुटुसँग सम्बन्धित समस्या वा रोगहरूको उपचारमा बिरामीको अवस्था कस्तो छ भनेर विस्तृत रूपमा हेर्नको लागि सिटी स्क्यान गरिन्छ ।

सिटी स्क्यान गर्नु अघि यी कुराहरूमा ध्यान दिनुपर्छ

सिटी स्क्यान गर्दा, प्रयोगशालामा धेरै प्रकारका परीक्षणहरू गरिन्छ ।  यी परीक्षणहरूले विकिरण उत्सर्जन गर्दछ जुन बिरामीको स्वास्थ्यको लागि हानिकारक हुनसक्छ । त्यसैले अत्यन्तै आवश्यक अवस्थामा मात्र सिटी स्क्यान गर्नु पर्छ ।

कहिलेकाहीँ सिटी स्क्यानको विकिरणले शरीरका अन्य भागहरूलाई पनि असर गर्न सक्छ । साथै बालबालिकाको सिटी स्क्यान गराउँदा विशेष ध्यान दिनुपर्छ ।  बारम्बार सिटी स्क्यानले बालबालिकाको शारीरिक विकासलाई असर गर्न सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र सिटी स्क्यान गराउनु पर्छ ।

यसका लागि कति खर्च लाग्छ ?

सिटी स्क्यान गर्नको लागि सामान्यतया ३ देखी ६ हजार रुपैयाँ खर्च लाग्न सक्छ । तर, सरकारी अस्पताल र निजी अस्पतालमा सिटी स्क्यानको खर्च फरक पर्न सक्छ । बिरामीको अवस्था र शरीरको कुन भागको सिटी स्क्यान गर्ने हो, औषधि दिएर गर्नु पर्छ कि नदिई गर्ने भन्ने कुराले यसको खर्च फरक पर्न सक्छ ।

प्रा. डा. राम कुमार घिमिरे रेडियोलोजिस्ट हुन्

रेडियोलोजिस्ट सिटी स्क्यान सिटी स्क्यान के हो ? सिटी स्क्यानका साइड इफेक्ट
प्रा. डा. रामकुमार घिमिरे
लेखक
प्रा. डा. रामकुमार घिमिरे
रेडियोलोजिस्ट

प्रा. डा. घिमिरे हाल ललितपुर भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा प्रमुख परामर्शदाता रेडिलोजिस्टको रुपमा कार्यरत छन् । उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका रेडियोलोजी विभागका पूर्वप्राध्यापकसमेत हुन् । उनले रेडियोलोजीमा एमडी, डीएमआरडी र एमएस्सी गरेका छन् । घिमिरेको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १११६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय