+

के हो सिटी स्क्यान ? यसले कुनै असर गर्छ ?

२०८० मंसिर  २६ गते १७:३१ २०८० मंसिर २६ गते १७:३१
Shares
के हो सिटी स्क्यान ? यसले कुनै असर गर्छ ?

सिटी स्क्यान के हो ? कुन अवस्थामा चिकित्सकले सिटी स्क्यान गर्न सिफारिस गर्छन् ? यसले के कस्ता समस्या  पहिचान गरिन्छ ?

केही गम्भीर रोगहरूमा चिकित्सकले शरीरको कुनै निश्चित भागको विस्तृत जानकारीको लिनका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन् । सिटी स्क्यान एक्स–रे को एउटा रूप हो । जसको पूरा नाम कम्प्यूटराइज्ड फोटोग्राफी स्क्यान हो ।

सिटी स्क्यानका लागि बिरामीलाई सुताउने गरिन्छ ।  यो मेसिनको आकार सुरुङ जस्तै हुन्छ ।  यो मसिनको भित्री भाग विभिन्न कोणमा घुम्ने गर्छ र जाँच गर्नुपर्ने अंगहरूको जाँच गर्छ ।

सामान्य एक्स-रे मा अंगहरू कुन अवस्थामा छन् भनेर मात्र थाहा हुन्छ भने सिटी स्क्यानमा  अंगहरूको स्थितिका साथै  रोग कुन चरणमा छ भन्नेसमेत पत्ता लगाउन सकिन्छ ।

किन गरिन्छ ?

चिकित्सकले कुनै पनि रोगको अनुसन्धान गर्दा शरीरको  तन्तु, रक्तनली वा हड्डीको विस्तृत जानकारी आवश्यक परेमा सिटी स्क्यान गर्न सिफारिस गर्छन् ।

मांसपेशीको समस्या, हड्डी सम्बन्धित गम्भीर रोगहरू, पेटको समस्या,  क्यान्सर उपचारको समयमा, शरीर को कुनै पनि आन्तरिक चोटको उपचारमा र मुटुसँग सम्बन्धित समस्या वा रोगहरूको उपचारमा बिरामीको अवस्था कस्तो छ भनेर विस्तृत रूपमा हेर्नको लागि सिटी स्क्यान गरिन्छ ।

सिटी स्क्यान गर्नु अघि यी कुराहरूमा ध्यान दिनुपर्छ

सिटी स्क्यान गर्दा, प्रयोगशालामा धेरै प्रकारका परीक्षणहरू गरिन्छ ।  यी परीक्षणहरूले विकिरण उत्सर्जन गर्दछ जुन बिरामीको स्वास्थ्यको लागि हानिकारक हुनसक्छ । त्यसैले अत्यन्तै आवश्यक अवस्थामा मात्र सिटी स्क्यान गर्नु पर्छ ।

कहिलेकाहीँ सिटी स्क्यानको विकिरणले शरीरका अन्य भागहरूलाई पनि असर गर्न सक्छ । साथै बालबालिकाको सिटी स्क्यान गराउँदा विशेष ध्यान दिनुपर्छ ।  बारम्बार सिटी स्क्यानले बालबालिकाको शारीरिक विकासलाई असर गर्न सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र सिटी स्क्यान गराउनु पर्छ ।

यसका लागि कति खर्च लाग्छ ?

सिटी स्क्यान गर्नको लागि सामान्यतया ३ देखी ६ हजार रुपैयाँ खर्च लाग्न सक्छ । तर, सरकारी अस्पताल र निजी अस्पतालमा सिटी स्क्यानको खर्च फरक पर्न सक्छ । बिरामीको अवस्था र शरीरको कुन भागको सिटी स्क्यान गर्ने हो, औषधि दिएर गर्नु पर्छ कि नदिई गर्ने भन्ने कुराले यसको खर्च फरक पर्न सक्छ ।

प्रा. डा. राम कुमार घिमिरे रेडियोलोजिस्ट हुन्

रेडियोलोजिस्ट सिटी स्क्यान सिटी स्क्यान के हो ? सिटी स्क्यानका साइड इफेक्ट
प्रा. डा. रामकुमार घिमिरे
लेखक
प्रा. डा. रामकुमार घिमिरे
रेडियोलोजिस्ट

प्रा. डा. घिमिरे हाल ललितपुर भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा प्रमुख परामर्शदाता रेडिलोजिस्टको रुपमा कार्यरत छन् । उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका रेडियोलोजी विभागका पूर्वप्राध्यापकसमेत हुन् । उनले रेडियोलोजीमा एमडी, डीएमआरडी र एमएस्सी गरेका छन् । घिमिरेको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १११६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?