+

मुखको सरसफाइमा ध्यान नपुर्‍याउँदा दीर्घरोगको जोखिम

२०८१ वैशाख  १९ गते १८:३२ २०८१ वैशाख १९ गते १८:३२
Shares
मुखको सरसफाइमा ध्यान नपुर्‍याउँदा दीर्घरोगको जोखिम

मुख स्वस्थ रहँदा सम्पूर्ण शरीरलाई नै स्वस्थ राख्न मद्दत पुग्छ । स्वास्थ्यका साथै आकर्षक हाँसोका लागि पनि मुख र दाँतको सरसफाइ गर्न जरुरी हुन्छ ।

ओरल हाइजिन अर्थात् मुखको सरसफाइमा ध्यान नदिंदा मुख गन्हाउने, गिजाबाट रगत बग्ने, दाँत हल्लिने, दाँत फुस्किने, दाँत मक्किनेजस्ता समस्या आउँछन् । यति मात्र होइन, मुखको सरसफाइमा लापरवाही गर्दा दीर्घरोगको समेत जोखिम हुन्छ ।

श्वासप्रश्वासको समस्या

यदि कसैलाई गिजाको समस्या छ भने त्यसमा जम्मा भएको ब्याक्टेरिया रगतको माध्यमबाट फोक्सोमा गएर श्वासप्रश्वासमा पुग्छ । यसकारण एक्युट ब्रोंकाइटिस अर्थात् श्वासनली सुन्निने समस्या र क्रोनिक निमोनिया हुने सम्भावना बढी हुन्छ, जसले श्वासपश्वासमा बाधा पुर्‍याउँछ ।

मुटुको समस्या र स्ट्रोक

दाँतको समस्या भएको बिरामीलाई मुटुको समस्या हुने सम्भावना अत्यधिक हुन्छ । किनभने मुखभित्र भएको ब्याक्टेरिया गिजा हुँदै शरीरभित्र प्रवेश गरेर मुटुको धमनी ब्लक भएर हृदयघात हुने सम्भावना बढी हुन्छ । त्यस्तै यदि दिमागमा रक्तप्रवाह गर्ने धमनी बन्द भएको अवस्थामा स्ट्रोक हुने सम्भावना बढछ ।

डिमेन्सिया 

मुखको सरसफाइमा ध्यान नदिंदा दाँत मक्किएर झर्ने, दाँत खुस्किने, झर्ने समस्या हुनसक्छ । यसकारण स्मरणशक्तिमा मात्र नभई दिमागको विभिन्न भागमा असर गर्न सक्छ ।

यसबाहेक मुखलाई सफा नगर्नाले पेटसम्बन्धी समस्या, फोक्सोको समस्या र मुखको क्यान्सर समेत हुने जोखिम हुन्छ ।

मुखलाई कसरी सफा राख्ने ?

मुखलाई सफा राख्न बिहान उठ्नेबित्तिकै र बेलुका खाना खाइसकेपछि सुत्नुअघि दिनको दुईपटक दाँत माझ्नुपर्छ । तर दाँत माझेर मात्र हुँदैन । किनभने प्रायजसो हामी दाँतको तीन भाग मात्र ब्रस गर्ने चलन छ । तर यतिले मात्र पुग्दैन दाँतको पाँच भाग नै ब्रस सफा गर्नुपर्छ । दायाँ बायाँ, तल माथि र दाँतको बीचको भागमा ब्रसले सफा गर्नुपर्छ ।

दाँत माझ्दा ब्रस गिजाको ४५ डिग्रीमा हुनुपर्छ । ब्रसले दाँत र गिजा दुवैलाई छोएको हुनुपर्छ । दाँतको बाहिरी सतहमा अगाडि पछाडि, तल माथि लगेर ब्रस गर्नुपर्छ । ब्रसले हल्का रगड्नुपर्छ, किनकि यसरी ब्रस गर्दा गिजाबाट रगत आउन पाउँदैन ।  दाँत र गिजाको भित्री सतहमा पनि ब्रसलाई ४५ डिग्रीको राखेर अगाडि पछाडि र तल माथि गरेर माझ्नुपर्छ ।

जिब्रो र मुखको माथिल्लो भागलाई पनि सफा गर्नुपर्छ । त्यसले मुखमा जम्मा भएर बसेको ब्याक्टेरियालाई सफा गर्छ र मुख गन्हाउने समस्या आउँदैन ।

केही कारणले ब्रस गर्न सम्भव नभएको अवस्थामा सादा पानीले मुख कुल्ला गर्न गर्नुपर्छ । केही खाना खाइसकेपछि मुख कुल्ला गर्दा मुखमा खाना टाँसिने सम्भावना कम हुन्छ । किनभने मुखमा खाना बाँकी रहेमा मुखमा ब्याक्टेरिया उत्पन्न हुने सम्भावना हुन्छ ।

जिब्रोलाई सफा गर्ने

मुख सफा गर्दा जिब्रोलाई पनि दैनिक राम्रोसँग सफा गर्नुपर्छ । यसको लागि टङ क्लिनरको प्रयोग गर्न सकिन्छ । मुखसँगै जिब्रोको सफा नगरेमा मुखभित्र हजारौं ब्याक्टेरिया उत्पन्न हुन्छन्, जसले दाँतको स्वास्थ्यमा नराम्रो असर पार्छ । मुख र सास गन्हाउने हुनसक्छ ।

फ्लस

मुखको स्वास्थ्य राम्रो राख्न फ्लसको प्रयोग गर्नु निकै नै उपयोगी मानिन्छ । यसले दाँतको बीचमा रहेको खानालाई निकाल्न मद्दत गर्छ । जुन ब्रस वा माउथवासबाट निस्किंदैन । त्यसैले मुखलाई सफा राख्न कम्तीमा दिनको एकचोटि फ्लसको प्रयोग गर्नुपर्छ ।

माउथवास

त्यस्तै दाँतलाई अझ सफा राख्न माउथवासबाट मुख कुल्ला गर्न सकिन्छ । यसले मुखमा भएका ब्याक्टेरियालाई मार्ने तथा सास गन्हाउने समस्यालाई मुक्त हुन्छ । दाँतलाई  बलियो बनाइराख्न मद्दत गर्छ ।

क्याल्सियम र अन्य भिटामिनको सवन गर्ने

क्याल्सियम दाँत र हड्डीलाई स्वस्थ र बलियो राख्न आवश्यक हुन्छ । यसको लागि दूध, दही, सुन्तलाको जुस, ब्रोकाउली चीज एवं अन्य दुग्धजन्य उत्पादनको सेवन गर्नुपर्छ । क्याल्सियम र भिटामिन डीले गिजा र दाँत स्वस्थ राख्न मद्दत गर्छ । साथै भिटामिन बी कम्प्लेक्सले पनि दाँत र गिजाबाट रगत बग्न जोगाउँछ । कपुर जिंक, आयोडिन, आइरन, पोटासियमको पनि दाँतको स्वास्थ्यमा महत्वपूर्ण भूमिका हुन्छ ।

कफीको सेवन सीमित मात्रामा गर्ने

पेय पदार्थमा फस्फोरसको मात्रा अधिक हुने गर्छ, जुन मुखको स्वास्थ्यका लागि आवश्यक हुन्छ । तर अत्यधिक फस्फोरसले शरीरमा क्याल्सियमको स्तरलाई नराम्रो असर गर्न सक्छ । जसले दाँत कुहिने र गिजाको समस्या नित्याउन सक्छ । त्यसैले दूध जस्तै अन्य पेय पदार्थ सेवन गर्न सकिन्छ । त्यस्तै चिनीयुक्त पेयपदार्थ भन्दा पानी पिउनु लाभदायक हुन्छ ।

त्यस्तै प्राकृतिक खानेकुरा खाने, प्याकेजिङ खानेकुरा र रिफाइन्ड सकेसम्म नखाने गर्नुपर्छ । यसले पनि मुखलाई सफा राख्न मद्दत गर्छ ।

सकेसम्म तीन-तीन महिनामा दाँत जँचाउनुपर्छ । जाँचमा मुखको केही समस्या भएमा पनि समयमा उपचार गर्न सकिन्छ ।

यसबाहेक चिया, कफीमा चिनीको प्रयोग कम गर्ने, नियमित व्यायाम गर्ने र मानसिक तनाव कम लिने गर्नुपर्छ । यसले पनि मुखलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

सुर्तजन्य पदार्थको सेवन नगर्ने

चुरोट र सुर्तीको सेवनले मुख गन्हाउने समस्या हुन्छ । प्राय: चुरोट खाने मानिसहरुले मुखबाट चुरोटको गन्ध हटाउन चिया र कफी पिउने गर्छन्, जसले समस्या कम गर्नुको सट्टा मुखको समस्या दुईगुणा हुनसक्छ ।

त्यस्तै गिजामा दुख्छ वा ब्रस गर्ने बेला दाँतबाट रगत आउने वा मुख गन्हाउने समस्या भएमा तुरुन्त दन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

डा. सुवास घिमिरे दाँतको उपचार मुख स्वास्थ्य
डा. सुवास घिमिरे
लेखक
डा. सुवास घिमिरे
ओरल म्याक्जिलोफेसियल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२२८ बीडीएस, एमडीएस ओम समाज डेन्टल अस्पतालका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

के चुइगम चपाउँदा दिमाग तेजिलो हुन्छ ?

के चुइगम चपाउँदा दिमाग तेजिलो हुन्छ ?

नारी दिवसको अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ को विशेष कार्यक्रम

नारी दिवसको अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ को विशेष कार्यक्रम