+
+

कांग्रेसप्रति नागरिकको धारणा बुझ्न अनलाइन मत सर्वेक्षण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १८:४६

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसप्रति नागरिकको धारणा बुझ्न अनलाइन मत सर्वेक्षण सुरु गरेका छन् । नागरिकले कांग्रेसलाई कस्तो पार्टी देख्न चाहन्छन् त्यसका लागि मत माग्न थालिएको महरले बताए ।

जनताको भावनालाई पार्टीको महासमिति बैठकमा राखिने उनले बताए । कांग्रेसले महासमिति बैठकलाई यसपटक नीति महाधिवेशन मार्फत गर्दैछ । नीति महाधिवेशनमा उठाउनुपर्ने विषयमा नागरिकको सुझाव प्रविधि मार्फत मागिएको महरले जानकारी दिए ।

सुझाव लिनका लागि गुगल फर्मको व्यवस्था गरिएको छ । सुझाव दिनका लागि विभिन्न १८ प्रश्न राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?