+
+

मलेसियामा जारी अन्तर्राष्ट्रिय बक्सिङमा प्रबल, छिरिङ र सिंहवीरको कांस्य पदक पक्का

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते ८:५८

२७ मंसिर, काठमाडौं । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५१ किलो तौल समूहमा नेपालका प्रबल उप्रेतिले सिंगापुरका डेनी चाओ इजेईजीलाई ५ : ० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै कांस्य पदक हासिल गरेका छन् ।

त्यसै गरी ५४ किलो तौल समूहमा नेपालका सिंहवीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरेका छन् ।

पुरुष ५७ किलो तौल समूहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि ईन्डोनेसियाका प्रतिद्वन्द्वी फकीह आन्दरा नासुसोनलाई ५:० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै कम्तिमा कांस्य पदक पक्का गरेका छन् ।

त्यसैगरी ६३.५ किलो तौल समूहमा भने नेपालका रीजत गुरुङले ४ :१ को स्पिलिट डिसिजनमा भियतनामका मुक्केबाज मोहम्मद फरिजाद विन मोहम्मद तामिसीसँग पराजय भोग्नु पर्‍यो ।

विभिन्न १० राष्ट्रका २० वर्ष उमेरमुनिका १०० जना पुरुष मुक्केबाजहरुको सहभागितामा १३ वटा तौल समूहमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ र हालसम्म नेपालले तीन कांस्य पदक पक्का गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?