+
+

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार पनि निकासा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ७:५९

२० कात्तिक, काठमाडौं । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

खेलकुद विकास नियामवली– २०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए । पदक विजेता ४ खेलाडी र २ प्रशिक्षकको जम्मा १६ लाख ८० हजार रुपैयाँ निकासा भएको हो ।

गत जनवरीमा भएको प्रतियोगितामा नेपालले १ रजत र ३ कांस्य जितेको थियो । सुष्मा तामाङले नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन् । हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्माले ६ लाख तथा बाँकी ३ खेलाडीले समान ३–३ लाख नगद पुरस्कार पाउने छन् । प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले जनही १ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

केहि दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार निकासा गरेको थियो । तीन प्रतियोगिताका लागि जम्मा १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?