+
+

गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाउँदैछः बाइडेन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १२:२३

२६ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार एउटा फण्ड रेजिङ कार्यक्रममा बोल्दै उनले इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध आक्रमणको आलोचना गरेका हुन् ।

इजरायल-प्यालेस्टाइन युद्ध सुरुभएपछि पहिलोपटक अमेरिकाले इजरायलबारे कडा टिप्पणी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले खबर लेखेका छन् ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि अमेरिकाले इजरायललाई खुलेर समर्थन गर्दै आएको छ ।

बाइडेनले अमेरिका सधैं इजरायलको साथमा रहेको स्मरण गराउँदै भने, ‘अमेरिका इजरायलको साथमा उभिएको छ, अहिले यसमा अमेरिकाबाहेक युरोपेली युनियन, युरोप, विश्वका धेरैजसो शक्ति छन् तर अन्धाधुन्ध बमबारीका कारण इजरायलले समर्थन गुमाउँदैछ।’

यद्यपि उनले हमास विरुद्ध कारबाही गर्ने आवश्यकताको बारेमा कुनै प्रश्न नरहेको र इजरायलसँग त्यसो गर्ने पूर्ण अधिकार रहेको भने दोहोर्‍याए ।

हालै अमेरिकाले इजरायललाई ‘मानव जीवनलाई प्राथमिकता दिन’ र गाजाका जनतालाई द्वन्द्वबाट बच्न स्पष्ट निर्देशन दिएर काम गर्न भनेको थियो ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि इजरायलको रवैयाप्रति असन्तुष्टि व्यक्त गरेका बीबीसीले लेखेको छ ।

गाजामा इजरायलले गरेको बमबारीको आलोचना गर्दै विश्वका धेरै देश, संयुक्त राष्ट्र संघ र मानवअधिकार संगठनहरूले तत्काल युद्धविरामको माग गरिरहेका छन्।

गाजामा रहेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार बताएअनुसार अक्टोबर ७ देखि इजरायली बमबारीमा १८ हजार ४०० भन्दा बढी मानिस मारिएका छन्।

हमासको आक्रमणमा १२०० इजरायली मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?