+
+

श्रृंखलाले कसिन् लगनगाँठो, बेहुली बन्दा यस्ती देखिइन् (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १२:२५

काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच अहिले काठमाडौंको हायात होटलमा विवाह भइरहेको छ । श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।

विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।

श्रृंखला बेहुलीको रातो पोशाक र दुबोको मालामा सजिएकी छन् । सम्भव नेपाली ढाकाटोपी र नेपालीपनको झल्को दिने बेहुलाको पोशाकमा देखिएका छन् । दुवै वरवधु तस्वीरमा उन्मुक्त र प्रफुल्ल देखिन्छन् ।

केही दिन चलेको हल्दी, मेहेन्दी र संगीत सेरेमोनीपछि आज स्वयम्वर हुन लागेको हो । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?