+
+

चालु खाता ९६ अर्ब बचतमा, शोधनान्तर बचत डेढ खर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १४:३७

२८ मंसिर, काठमाडौं । रेमिट्यान्समा भएको उल्लेख्य वृद्धि र आयातमा भएको कमीले अर्थतन्त्रका बाह्य सूचक थप मजबुत बन्दै गएको छ । चालु आर्थिक वर्ष (आव)को पहिलो चार महनिामा नै चालु खाता बचत करिब १ खर्ब नजिक पुग्दा शोधनान्तर बचत करिब डेढ खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदमा उक्त विवरण सार्वजनिक गरेको हो ।

कात्तिक मसान्तसमम चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ७९ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षमो उल्लेख्य रुपमा बचतमा देखिएको छ । अमेरिकी डलरमा चालु खाता ७२ करोड ५१ लाखले बचतमा रहेको छ ।

कात्तिक मसान्त सम्ममा पूँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रहेको छ । गत आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रहेको थियो ।

चालु खाता मात्रै नभएर शोधनान्तर बचत पनि उल्लेख्य रुपमा बढेको छ । कात्तिक मसान्तमा शोधनान्तर स्थिति १४७ अर्ब ११ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमो शोधनान्तर १ अर्ब ११ करोडले बचतमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?