+
+

पेन्सन कोषको ४ अर्ब ३० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १४:४३

२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।

११ वैशाख २०८१ देखि १० कात्तिक २०८१ सम्म ६ महिनाको लागि उक्त रकम मुद्दती निक्षेपमा  लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

उक्त मुद्दती निक्षेप लिन चाहने बैंकले आवश्यक रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत ४ वैशाखभित्र राष्ट्र बैंकमा पेस गर्न आह्वान गरिएको छ ।

कुल लगानी गर्ने निक्षेप मध्ये ३ अर्ब ४४ करोड वाणिज्य बैंकमा लगानी गर्ने जनाएको छ ।  त्यस्तै ६४ करोड ५० लाख विकास बैंकमा  र २१ करोड ५० लाख फाइनान्स कम्पनीमा  लगानी गर्ने भएको हो ।

निष्क्रिय कर्जा ५ प्रतिशत ननाघेको बैंक तथा वित्तीय संस्थाले मात्रै लगानी गर्न सक्नेछन् । न्यूनतम पूँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको, सीडी रेसियो, खुद तरल सम्पत्ति तोकिएअनुसार कायम गरेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?