+
+

‘दान्भी’को टिजरमा पूजा शर्माको भरमार एक्सन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १६:३५

काठमाडौं । पूजा शर्मा जति फिल्ममा देखिइन्, तिनमा उनी ‘लभर गर्ल’ थिइन् । अब उनी त्यो छविलाई बदल्न चाहन्छिन् । चरित्रमा विविधता खोज्ने उनको यो यात्रा ‘दान्भी’बाट सुरु भएको देखिन्छ ।

बिहीबार सार्वजनिक ‘दान्भी’ टिजरले पूजालाई परम्परागत चरित्र चित्रणबाट अलग रुपमा दर्शाउँछ । टिजरमा उनी भरमार एक्सन दृश्यमा देखिएकी छिन् । भिलेनलाई धुलाई गर्नेदेखि खतरनाक स्टन्ट दृश्यमा उनी प्रस्तुत छिन् ।

एक्सन जनराको फिल्ममा पूजाको यो डेब्यु अवश्य हो । एक मिनेट ३२ सेकेन्ड लामो टिजर पूजाको वानम्यान शोजस्तै देखिन्छ । तर टिजरमा को-एक्टर कुन्साङ बम्जन छायामा छन् । उनको चरित्र चित्रण कमजोर देखिन्छ ।

चितामा शव जलाइएको दृश्यबाट टिजर सुरु हुन्छ । त्यसमा पूजा भन्छिन्- ‘जहाँ मानवता सकिन्छ, त्यहाँ काली र दुर्गाको रुपमा दान्भीको उदय हुन्छ ।’ यो दृश्य र संवादले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको पुष्टि हुन्छ ।

टिजरलाई हेर्दा यसको कथावस्तु, प्राविधिक पक्ष र संवाद लेखनमा प्रशस्तै टिप्पणी गर्ने ठाउँहरु छन् । सन् २०२४ मा प्रदर्शन हुने जनाइएको यो फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । डेब्यु एक्टर बम्जनसँग पूजाको अनस्क्रिन जोडी बाँधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?