+
+

टेलिश्रृंखला ‘सिन्दूर’ १८ वर्षपछि पुनः दर्शकमाझ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १४:१२

काठमाडौं । अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिभिजन श्रृंखला ‘सिन्दूर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभसाइत पूजा गर्दै उनले यसबारे जानकारी दिइन् ।

नयाँपुस्ताको रुचिलाई ध्यानमा राख्दै सिरिज बनाउन लागेको उनले बताइन् । सिरियलमा नयाँपुस्ताका कलाकार समेटिने जोशीले बताइन् । ‘अहिले पनि यो सिरियल सान्दर्भिक रहेकाले उत्कृष्ट बनाउने कोसिस गर्नेछु,’ जोशीले भनिन् ।

सिरियललाई विनयराज पौडेलले लेखन तथा निर्देशन गर्नेछन् । दशकअघि उनले ‘सिन्दूर’ नामक फिल्ममा सहायक निर्देशनको काम गरेका थिए ।

यो सिरियल सामाजिक–पारिवारिक कथावस्तुले नेपाली दर्शकमाझ चर्चित छ । प्रसारण हुने टेलिभिजनबारे अहिले बताइएको छैन ।

प्रज्ञा फिल्म्सले निर्माण गर्ने सिरियलमा जोशीसहित नवीन श्रेष्ठ, लक्ष्मी भुसाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जीएम, टेकेन्द्र न्यौपाने, पवन केसीको अभिनय हुनेछ । मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत लेखन र सम्राट थापाको संगीत रहनेछ ।

शुभसाइत समारोहमा कलाकार रवीन्द्र खड्का, निर्देशकहरु जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्वाज उपस्थित थिए । यो सिरियलमा विनयराज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?