+
+

प्रधान सेनापतिद्वारा सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १८:३७

२९ मंसिर, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्री परिषद्को २८ मंसिरको बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

२०२३ माघ १९ गते कपिलवस्तुमा जन्मेका सिग्देल २०४३ साल फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थिए ।

सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ । यसअघि सेनाले ताराध्वज पाण्डेलाई रथी बढुवा गर्न सूचना जारी गरेको थियो । तर, उनले जन्ममिति विवादका बीच राजीनामा दिएका थिए ।

सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?