+
+

महिलाले भेट्टाइन् आफ्ना ७७ जना भाइ-बहिनी, पिताको कर्तूत थाहा पाउँदा सबै तीनछक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १९:५५

काठमाडौं । परिवारहरुमा प्रायः यस्ता केही गोप्य कुराहरु पनि हुनसक्छन् जसको खुलासा हुँदा एकाएक सम्बन्ध तथा माहोल नै सबै बदलिन्छ । हालै एकजना महिलाले पनि आफ्नो परिवारको यस्तै राज पत्ता लगाएकी छिन्, जसका कारण उनको दिमाग नै घुम्न पुग्यो ।

आफ्नो वास्तविक पिताको खोजी गर्ने प्रयासमा लागेकी एक महिलाले पिताको बारेमा यस्तो वास्तविकता पत्ता लगाइन् जुन कल्पना भन्दा बाहिरको थियो । अमेरिकाको ओहियोस्थित क्लिभल्याण्डमा बस्ने शीना हलेन्ड डोलन आफ्ना बुवाआमाकी एकमात्र छोरी थिइन् । तर २० वर्षको उमेरमा उनले नयाँ कुरा थाहा पाइन् ।

आफ्ना बुवा आमाको संसर्गबाट आमाको गर्भाधान हुन नसकेपछि एकजना विर्यदाताको शुक्रकिटको सहयोगमा आमाले गर्भाधान गरेको र त्यहीँबाट आफ्नो जन्म भएको कुरा थाहा पाउँदा उनी ‘सक्ड’ भइन् ।

त्यसपछि त के चाहियो ? उनी आफ्नो जैविक पिता खोज्ने अभियानमा लागिन् । उनले 23andme.com नामक वेबसाइटसँग कुराकानी गरिन् । त्यहाँ फेला परेको एकजना व्यक्तिले उनको वास्तविक पिता को हो भन्ने कुरा आफुलाइ थाहा भएको बतायो । त्यसबारे थप बुझ्दै जाँदा त शीनाले आफ्नो जैविक पिताका ७७ जना सन्तान रहेका र त्यसमध्ये आफु ४७ औँ सन्तान रहेको थाहा पाइन् ।

यो निकै अनौठो घटना थियो । तर पछि उनलाई थाहा भयो कि उनका ती जैविक पिताले कुनै अवैधानिक गडबडी गरेका थिएनन् । वास्तवमा उनी एकजना व्यवसायिक शुक्रकिटदाता थिए ।

शीनाका जैविक भाई कियानी अरोयोका अनुसार उनीहरुले धेरै भन्दा धेरै भाई बहिनी खोज्नका लागि एउटा फेसबुक ग्रुप बनाए । त्यसबाट के थाहा भयो भने उनका पिताले अतिरिक्त पैसा कमाउनका लागि कलेजमै छँदा शुक्रकिट दाता बनेका थिए ।

अब चाहिँ शीनाले आफ्नो अनौठो पारिवारिक पृष्ठभूमिलाई अपनाएकी छिन् । अहिलेसम्म उनका ७७ जना भाई बहिनी रहेको पुष्टि भएको छ ।

आफ्ना सबै भाई बहिनी फरक फरक खालका र फरक फरक उमेरका रहेको उनी बताउँछिन् । कोही उनीसँग भेटघाट गर्न इच्छा राख्दछन् त कोही टाढै रहन मन पराउँछन् । कुनै नयाँ भाई बहिनीसँग भेट हुँदा आफूले उनीहरुमा आफुसँगको समानता खोज्ने गरेको शीना बताउँछिन् ।

तर आफ्ना भाई बहिनी नै ६ दर्जन भन्दा धेरै भएकाले आफुले जन्माउने सन्तानले कतै अन्जानमा आफ्ना भाई बहिनीका सन्तानहरुसँगै रिलेसनशीप राख्छन् कि भन्ने चिन्ता उनलाई छ ।

उनी भन्छिन्, ‘मलाई हल्का चिन्ता पनि लाग्छ कि यदि मैले बच्चा जन्माएँ भने त मैले उनीहरुलाई पहिले नै सचेत गराउनुपर्छ कि तिमीहरु आफ्नो पार्टनर छान्दा सावधान हुनु । किनकि मेरा नजिकका नातेदार निकै धेरै छन् ।’ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?