+
+

अनौठो एलर्जी : जसलाई हाँस्दा र रुँदासमेत छाला पोल्छ

एजेन्सी एजेन्सी
२०८० पुष १ गते ११:४१

मानिसहरुलाई विभिन्न खालका एलर्जी हुन्छन् । कसैलाई कुनै फलफूल वा सागपातको एलर्जी हुन्छ । कसैलाई कुनै चिज सरीरमा लगाउँदा एलर्जी हुन्छ । तर, के तपाईंले मानिसलाई रुँदा तथा हाँस्दा पनि एलर्जी भएको सुन्नुभएको छ ?

बेलायतको केन्टमा बस्ने बेथ सांगाराइड्स नामकी युवतीलाई सबै कुराको एलर्जी छ । उनलाई धेरै हाँस्दा तथा धेरै रुँदासमेत एलर्जी हुन्छ ।

हाँस्दा तथा रुँदा समेत उनलाई एलर्जी भएर छाला डढेजस्तो पीडा हुन्छ । यस्तो जलन दर्दनाक हुन्छ र छाला रातो भएर फोका उठ्दछ ।

२० वर्षीया बेथलाई १५ वर्षको उमेरदेखि यस्तो समस्या देखिएको हो । हाँस्दा र रुँदासमेत एलर्जी हुने उनको स्वास्थ्य समस्यालाई डाक्टरहरुले समेत रहस्यमय बताएका छन् र त्यसको उपचार अझै पत्ता लागेको छैन ।

आफूले जे काम गर्दा पनि त्यसले छाला तथा शरीरलाई असर गर्ने उनी बताउँछन् । हाँस्दा, रुँदा वा भावुक हुँदासमेत छाला पोल्न थाल्ने र आफूलाई जिउँदै जलाएको जस्तो अनुभव हुने उनको भनाइ छ ।

उनलाई यस्तो चरम एलर्जी मात्र होइन कि पोस्टुरल टेचिकार्डिया सिन्ड्रोम नामक रोग पनि छ । यो एउटा यस्तो स्वास्थ्य समस्या हो जसमा उभिने बित्तिकै मुटुको चाल असामान्य रुपमा बढ्दछ ।

भुलवस मसला वा कुनै जडीबुटी सुँघेमा एलर्जीका कारण स्वास नै रोकिने र अनुहारमा गम्भीर रिएक्सन तथा जलन भई एसिड आक्रमणको जस्तै समस्या पैदा हुन्छ । उनलाई जे कुरा खाँदापनि एलर्जी हुन्छ । एलर्जी नहुने खानेकुरा भनेको केवल पास्तामात्रै हो ।

आफ्नो छाला देख्दा अरु मानिसहरु डराउने भएकाले आफ्ना नजिकका साथीसमेत नरहेको उनी बताउँछिन् । आफूलाई स्कुलमा पनि पिज्जा फेस वा टमाटर फेस भनेर जिस्काइने गरेको गुनासो उनको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?