+
+

चीनमा फेला पर्‍यो ५३०० वर्ष पुरानो धानको बिरुवा, वैज्ञानिकहरु आश्चर्यचकित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ११:५०

पुरातत्वविदहरुले चीनमा ५, ३०० वर्ष पुरानो धानको बिरुवा पत्ता लगाएका छन् । उक्त बिरुवा जुन ठाउँमा भेटिएको छ त्यो हेमुडु संस्कृतिसँग सम्बन्धि छ ।

उक्त ठाउँमा एउटा उन्नत प्राचीन सिँचाई प्रणाली तथा तल्लो यांग्जी नदी क्षेत्रका मानिसहरुको सम्बन्धको सबुत पनि फेला परेको छ ।

यसलाई चिनियाँ इतिहासको सबैभन्दा ठूलो अन्वेषण मानिएको छ । निंगबो महानगरीय अनुसन्धान एकेडेमी अफ कल्चरल हेरिटेज म्यानेजमेन्टको रिपोर्ट अनुसार धान रोपिएको उक्त पूरै इलाका करिब एक हजार वर्गमिटरमा फैलिएको छ । यो खोज नवपाषाण् युगको हेमुडु संस्कृति क्षेत्रको केन्द्रमा गरिएको छ, जुन प्राचीन कालमा मानवीय गतिविधिको एउटा ठूलो स्थल थियो ।

पुरात्वविदहरुले के के फेला पारे ?

उत्खननका क्रममा पुरातत्वविदहरुले तीनवटा ढिस्का, नौवटा खाडलका साथै धान र झारका अवशेषहरु फेला पारेका छन् । उनीहरुले एक सिँचाइ तथा जल निकासी प्रणालीका साथै एउटा मार्ग पनि फेला पारे जुन धानखेतलाई छिमेकी घरसँग जोड्दथ्यो ।

वैज्ञानिकहरु त्यस ठाउँमा फेला परेको सिँचाइको व्यवस्था देखेर अचम्मित भएका छन् ।

पुरातत्वविदहरुका अनुसार उक्त खोजले धानखेतीको एक प्राचीन प्रणालीको बारेमा गरेको छ जसले यस क्षेत्रका समथर इलाकाहरुमा प्रचलित प्राचीन कृषि प्रविधिका सम्बन्धमा महत्वपूर्ण जानकारी प्रदान गर्दछ ।

धानखेतिका लागि प्रसिद्ध हेमुडु संस्कृति

हेमुडु संस्कृति निंगबोको हेमुडु सहरमा विकशित भएको हो । यो एउटा प्राचीन सभ्यता थियो जुन धानखेतीको प्रगति तथा अद्धितीय रुपमा अग्ला भवनका लागि प्रसिद्ध थियो । यो संस्कृति यांग्जे नदीको तल्लो क्षेत्रमा फक्रिएको थियो ।

सन् २०२० मा चिनियाँ मिडियाहरुले चीनको झेजियांग प्रान्तको युयाओमा विश्वको सबैभन्दा पुरानो धानखेती पत्ता लगाएका थिए जुन करिब ६,३०० वर्ष पुरानो हो ।

हेमुडु साइटको नजिकै शियाओ खण्डहरमा रहेको यो प्रागऐतिहासिक धान करिब ९ लाख वर्गमिटरको क्षेत्रमा फैलिएको छ,जसमध्ये ७ हजार वर्गमिटर हालै उत्खनन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?