+
+

यो वर्ष सरकारले ५ लाख क्विन्टल धान किन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते २०:०५
फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । सरकारले यो वर्ष ५ लाख क्विन्टल धान किन्ने भएको छ । सरकारी खाद्यान्न भण्डारणमा पर्यप्त मात्रामा धान चामलको जोहो गर्न र किसानलाई उचित मूल्यको प्रत्याभूती गर्न धान खरिदलाई तीब्रता दिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कम्पनीले यस वर्ष एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्न सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले जानकारी दिए ।

‘हामीले धान खरिद सुरु गरिसकेका छौं,’ चन्दले भने, ‘एक अर्ब ७४ करोड १३ लाख २० हजार रुपैयाँको ५ लाख क्विन्टल धान खरिद गर्दैछौं ।’

गत वर्ष ढिलो धान खरिद गर्दा आलोचना भएपछि यस वर्ष बेलैमा धान खरिद गर्न थालेको र धान खरिदको परिमाण तथा सरकारी रकम पनि बढाइको कम्पनीले जनाएको छ ।

यस वर्ष दशैं लगत्तै प्रक्रिया सुरु गरेर सुदूरपश्चिमबाट धान खरिद सुरु गरेको कम्पनीले जनाएको छ । हाल महेन्द्रनगर, धनगढी राजापुरबाट धान खरिद भइरहेको कम्पनीको भनाइ छ । गत वर्ष ३ लाख क्विन्टल धान खरिदका लागि प्रक्रिया थाले पनि एक लाख ३४ हजमर क्विन्टल मात्रै धान खरिद गरेको थियो ।

सरकारले गत असारमा तोकेको न्यूनतम सर्मथन मूल्यमै धानको खरिद गरिरहेको कम्पनीले जनाएको छ ।

सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको थियो ।

धान किसानलाई प्रोत्साहन गर्न भन्दै पछिल्लो ३ वषर्न देखि प्रमुख धान खेती सुरु हुनु अगावै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?