+
+

संघीयताको पक्षमा बोल्न स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ११:५१

२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताए ।

‘संघीयता आएपछि अहिले ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस हुनुपर्छ । तर संघीयताको वाहकहरुले जनताको सरकार बारे जनतालाई बुझाउन कन्जुस्याँई गर्नहुन्न । ऐतिहासिक परिवर्तन बारे जनतालाई भनेनौं भने देश पछाडि फर्किन सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रबारे स्थानीय सरकारका प्रतिनिधिले किन सकारात्मक किन भन्दैनौं ?’ प्रचण्डले प्रश्न गरेका थिए ।

स्थानीय तहको जनप्रतिनिधिले संघीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो समेत गरे । प्रचण्डले गणतन्त्र विरोधीहरुले नकारात्मक भास्य बनाएर सम्पूर्ण सविधान र परिवर्तनलाई निस्तेज गर्ने कसरत गरिरहेको भन्दै परिवर्तनका बाहकहरुले बोल्नुपर्ने बताए ।

आफू एक वर्षको समीक्षा पछि फरक ढंगले काम गर्ने भन्दै संघीयता बलियो बनाउन निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन ल्याउने समेत बताए ।

फोहोरको समस्या अवगत

दाहालले काठमाडौंको फोहोर उपत्यकामा देखिएको फोहोरको समस्या सबै स्थानीय तहको मुलुभत समस्या रहेको संघीय सरकारलाई अवगत रहेको बताएका छन् । संघीय सरकारले फोहोर समस्या यसको लागि वैज्ञानिक र दीर्घकालिन समाधानको लागि पहल भइरहेको बताएका थिए ।

खानेपानी समस्याको लागि संघीय सरकारले काम गरिरहेको भन्दै सार्वजनिक खरिदको नीतिगत सुधारको लागि पहल भइरहेको दाहालले सुनाए ।

ललितपुरले पुनर्निर्माण र सम्पदा संरक्षणमा गरेको काम प्रशंसा गर्दे प्रचण्डले लदिलतपुरका मेयर चिरीबाबु महर्जनको तारिफ गरे । उनले जमिन बाँझो राखेर विदेश जाने, भएको जागिर छोडेर हिँडेर जानुले देशभक्तिको भावना मर्दै गएको बताएका थिए । ‘नेपालीले आचारसंहिता विर्सँदै गएको भन्दै नयाँ पुस्तालाई राष्ट्रप्रेम सिकाउन अनुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?