+
+

‘सलार’को एक्सनप्रधान ट्रेलर : शक्ति हत्याउन कट्टर दुश्मन बनेका घनिष्ठ साथीको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १६:४५

काठमाडौं । प्रभास र सुकुमारनको शीर्ष भूमिका रहेको भारतीय फिल्म ‘सलार : पार्ट वन सिजफायर’को एक्सनप्रधान दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म शुक्रबार नेपालमा समेत रिलिज हुँदैछ ।

‘केजीएफ’ फेम्ड प्रशान्त नील निर्देशित यो फिल्मले दुई घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणामको कथा पेश गर्छ । प्रशस्तै एक्सन दृश्य र संवेदना मिश्रित ट्रेलर ‘लार्जर द्यान लाइफ’ देखिन्छ ।

नयाँ ट्रेलरले दर्शकलाई खान्सार नामक अलग्गै संसारमा लैजान्छ । फिल्मको पहिलो भागमा सलार नामक पात्रको उदय भएको देखाइएको छ । क्यामेरा मुभमेन्ट र पार्श्वध्वनिले ट्रेलरलाई दर्शनीय तुल्याएको छ । निर्माताले यो ट्रेलरलाई फिल्मको ‘फाइनल पन्च’ बताएका छन् । फिल्ममा प्रभास र सुकुमारनलाई घनिष्ठ साथी हुँदै कट्टर दुश्मनको रुपमा बदलिएको कथा भनिएको छ । खान्सार सहरको प्रभुत्व कसले हासिल गर्ने भन्ने कुरामा यी दुई साथीबीच लडाइँ परेको देखाइएको छ ।

प्रभास स्टारर अघिल्ला फिल्महरु आदिपुरुष, साहो र राधेश्याम बक्स अफिसमा असफल भएका थिए । त्यसैले पनि यो फिल्म उनका लागि महत्वपूर्ण छ । सलार रिलिजको एकदिन अघि शाहरुख खान स्टारर ‘डंकी’ पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?