+
+

प्रभास स्टारर ‘सालार’ ट्रेलर : दुई साथीबीचको दुस्मनीको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते २१:०२

काठमाडौं । ‘सालार : पार्ट वन सिसफायर’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४७ सेकेन्ड रनटाइम रहेको ट्रेलरमा एक्सन दृश्य भरिपूर्ण छ । प्रशान्त नील निर्देशित फिल्म पुस ६ गते हलमा रिलिज हुँदैछ । जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबुजस्ता कलाकार छन् ।

तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज हुने तयारीमा रहेको यो फिल्म सोही मितिमा शाहरुख खानको फिल्म ‘डंकी’सँग भिड्दैछ ।

एक अन्तर्वार्तामा निर्देशक प्रशान्त नीलले भनेका थिए, ‘सलार दुई साथीको कथा हो जो सबैभन्दा ठूलो शत्रु बन्छन् । मित्रता सालारको आधारभूत आत्मा हो । हामी ‘सालार : भाग १ सिसफायर’मा आधा कथा सुनाउँदैछौं । यो साथीको यात्रालाई हामी दुई फिल्ममार्फत देखाउने छौं । हामीले बनाएको संसारको झलक सालरको ट्रेलरमा दर्शकले पाउनेछन् ।’

‘सलार’ को ट्रेलरमा प्रभासको ड्यासिङ अवतार देख्न सकिन्छ । टिजरमा पनि उनी भिन्न अवतारमा देखिएका छन् । तर, यो प्रभासका लागि ठूलो कोशेढुङ्गा साबित हुनेछ ।

किनभने यसअघि आएका उनका सबै फिल्म फ्लप भएका छन् । ‘बाहुबली’ बाट चम्केका प्रभासले आफ्नो अभिनयले दर्शकलाई फेरी आकर्षित तुल्याउन सकेनन् तर ‘सालार’ बाट उनले केही करिश्मा अवश्य गर्न सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?