+
+

माओवादीको पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते ८:३९

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन, पार्टीले सन्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए ।

विशेष गरी आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र आगामी १६ पुसमा समापन हुन लागेको पार्टीको अभियानका विषयमा बैठकमा छलफल हुने उनको भनाइ छ । अभियानको समीक्षाका लागि केन्द्रीय समितिको बैठक बोलाउने मिति यो बैठकले तय गर्ने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एक वर्ष पुगेकाले त्यसको समीक्षा पनि हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?