+
+

‘महाजात्रा’ छायांकन सेटमा अरुण र आश्माको छमछमी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १२:३२

काठमाडौं । दुई दिनयता खुलामञ्चको दृश्य कुनै मेलाजस्तो देखिन्छ । ‘रोमान्टिक डेकोरेसन’सहितको एउटा कुनामा संगीत बजिरहेको छ, जहाँ दर्जनौं कलाकार नृत्यमा अभ्यस्त देखिन्छन् ।

अर्को कुना हेर्दा लाग्छ त्यहाँ कुनै चुनावी सभा भइरहेको छ । नेताहरु चुनावी नारा र एजेण्डासहित भाषण ठोकिरहेका छन् । झण्डा र ध्वजापताकाले यहाँ चुनावी सरगर्मी देखिन्छ ।

यी दृश्य मेलापर्व र चुनावको तयारी भने होइन । दुई दिनदेखि खुलामञ्चमा दुई भव्य सेट बनाएर ‘महाजात्रा’ छायांकन भइरहेको छ । एकातिर गीतको छायांकन धमाधम हुँदैछ भने मञ्चमा चाहिं क्लाइमेक्स दृश्यको छायांकन ।

गीतमा अरुण क्षेत्री र आश्मा विश्वकर्मा छमछमी नाच्दै थिए । दर्जनौं कोरस खुलामञ्चको चिसोमा गीतमा नाच्दैछन् । त्यहींनेरको अर्को सेटमा पुग्दा हरिवंश आचार्य, शिशिर बाङ्देल नेताको भेषमा भेटिए । विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायत क्यारेक्टर पोशाकमा देखिए ।

बुधबार इन्डकल्यापको तयारी छ । पत्रकार सम्मेलनको छायांकनसँगै छायांकन टुंग्याइने निर्माता म्याक्स दीपेश खत्रीले बताए । हरिवंश केही दिनमै बेलायत उड्नुपर्ने भएकाले पनि निर्मातालाई डेटलाइनभित्रै छायांकन सक्नुपर्ने चटारो छ । निर्देशक प्रदीप भट्टराई आफूहरु छायांकन सक्ने तयारीमा जुटेको बताए ।

षट्कोण आर्ट्सको ब्यानरमा बनिरहेको यो फिल्म चैत ९ गते नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?