+
+

‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’मा अरुण र आश्माको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १४:३०

काठमाडौं । फिल्म ‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’ युट्युबमा सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत रहेको गीतमा आशिष र अस्मिता अधिकारीको स्वर छ ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीत डान्सिङ र रोमान्टिक महसुस हुन्छ । गीतमा अरुण क्षेत्री र आश्मा विश्वकर्मासहित फिल्मका शीर्ष कलाकार फिचर्ड छन् ।

विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतसहित कोरस कलाकार गीतमा प्रस्तुत छन् । खुलामञ्चमा छायांकन गरिएको यो गीत डान्सिङ मुड जगाउन सफल देखिन्छ ।

यो मल्टिस्टारर फिल्मको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले फिल्म निर्माण गरेका हुन् । बानियाँ कार्यकारी निर्माता हुन् ।

फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर बाङ्देल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्यदेव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा लगायतको अभिनय छ ।

जात्रा र जात्रैजात्राको व्यावसायिक सफलतापछि फिल्मको यो तेस्रो श्रृंखला हो । पैसा कमाउन जेसुकै परिस्थितिको सामना गर्न बाध्य मध्यमवर्गको संघर्ष यसमा प्रस्तुत छ । राजनीति र पैसाको नेक्ससको चित्रण पनि यसमा छ । गत साता सार्वजनिक फिल्मको पोस्टरले कथावस्तुबारे दर्शाउँछ ।

फिल्म चैत ९ गते नेपालसहित अमेरिका, अष्ट्रेलिया र युरोपमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?