+
+

बोधगयामा नाटक ‘अण्डर द बोधी ट्री’ मञ्चन, बुद्धको भूमिकामा अरुण क्षेत्री (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १२:१०

काठमाडौं । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको अन्तिम क्षणको समयलाई समेटेर नाटक ‘अण्डर द बोधी ट्री’लाई मञ्चन गरिएको छ । लिच्छवि हाउसले निर्माण गरेको यो नाटकलाई बुद्धले बुद्धत्व प्राप्त गरेकै ठाउँ भारतको बोधगयामा मञ्चन गरिएको हो ।

बुद्धको भूमिकामा ‘महापुरुष’ फेम्ड अभिनेता अरुण क्षेत्रीले अभिनय गरेका छन् । बोधगयासँगै नाटकलाई भारतमै भएको सिद्धार्थ फेस्टिभलमा समेत मञ्चन गरिएको थियो ।

‘मारा’ क्यारेक्टरको रोलमा फिल्म निर्देशक समेत रहेका सेल्नाङ मुगुमले अभिनय गरेका छन् । बुद्धभित्रको एउटा नकारात्मक ऊर्जा मानिने मारालाई बुद्धत्व प्राप्तिमा अवरोध गर्ने विम्ब समेत हो । नाटकलाई डेचेन डोलकरले निर्देशन गरेका हुन्, जो हालै रिलिज भएको फिल्म ‘डाकिनी’का निर्माण सहायक हुन् ।

तीन नर्तकीको भूमिकामा भारतीय कलाकारले अभिनय गरेका छन् । नाटकलाई वैशाखमा नेपालमा मञ्चन गरिने लिच्छवि हाउसका प्रोजेक्ट निर्देशक म्याक्स दीपेश खत्रीले जानकारी दिए ।

‘अहिले विश्वमा शान्ति ल्याउन सकिने र एकैमात्र प्रतीक भनेको बुद्ध हुनुहुन्छ । उहाँको जीवनलाई नाटकमा उतार्न सक्नु भनेको सौभाग्य हो । उहाँले आफ्नै क्लेषमाथि जित प्राप्त गर्नुभएको हो,’ खत्रीले अनलाइनखबरसँग भने ।

मेहनती, असल र इमान्दार अभिनेता भएकाले अरुणलाई बुद्धको रोलमा प्रस्तुत गरिएको उनले बताए । म्याक्सकै निर्माण रहेको फिल्म ‘महापुरुष’बाट अरुणले अभिनय करिअर थालेका थिए । उनले यो नाटकमा पारिश्रमिक नलिई काम गरेका छन् ।

लिच्छवि हाउसले अन्य नाटक निर्माणको पनि तयारी गरेको खत्रीले बताए । अहिले कलाका सबै विधालाई प्रस्तुत गर्न मिल्ने गरी बौद्धमा लिच्छवि हाउसको निर्माण गरिएको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?