+
+

माओवादीको घोषणापत्र सम्झाउँदै प्रचण्डलाई रविले सोधे – तपाईंलाई कसले घेराबन्दीमा पार्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १३:३८

३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घोषणापत्रमा लेखेका विषय प्रधानमन्त्री हुँदा पनि किन कार्यान्वयन नगरेको भनी प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रविले २०७९ सालको आम निर्वाचनमा प्रधानमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रको घोषणापत्रमा लेखेका विषय प्रचण्डलाई सम्झाएका थिए ।

माओवादी घोषणापत्रको पृष्ठ ११ को ६ नम्बरमा ०४७ सालको परिवर्तनयताका सबै सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख एवं सदस्यहरु, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारी र विशिष्ट श्रेणीका कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न अयाोग गठन गरिने उल्लेख रहेको रविले सम्झाएका छन् ।

त्यस्तै गत वर्ष पुसमा प्रचण्ड नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुको सहकार्यमा सरकार गठन हुँदा तयार गरिएको साझा न्यूनतम कार्यक्रममा पनि भ्रष्टाचार र अनियमितता छानबिन गर्ने विषय समावेश रहेको रविले सम्झिए ।

२५ पुसको साझा न्यूनतम कार्यक्रममा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसनधान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्ने कुरा रहेको उनले बताए ।

‘एक वर्ष पूरा हुन लाग्यो आफ्नै प्रतिद्धता पूरा गर्न तपाईलाई कुन शक्तिले कहाँ घेराबन्दीमा पा¥यो ?’ रविले सोधे, ‘म र मेरो दल तपाईलाई सहयोग गर्न तयार छौं ।’

रास्वपा सभापति लामिछानेले वर्तमान मन्त्रिपरिषदका सदस्यको सम्पत्ति विवरण सार्वजनिक नगरेकामा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले सोधे, ‘मन्त्रीहरुको सम्पत्ति विवरण पहिले सार्वजनिक हुन्थ्यो, अहिले किन गोप्य राखियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?