+
+

डा. सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वाेच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १८:५९

३ पुस, काठमाडौं । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेललाई पुनः वीर अस्पतालमा फर्किन बाटो खुलेको छ ।

१४ मंसिरमा मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि पौडेलले आफूलाई हटाउने मन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?