+
+

वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोको सेयर कारोबार सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ११:२३

५ पुस, काठमाडौं ।  हालै आईपीओ जारी गरेका तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावरको बिहीबारदेखि कारोबार सुरु भएको हो ।

पहिलो कारोबारपछि यी तीनै कम्पनीको मूल्य बिहीबार १० प्रतिशत बढेको छ । नेपाल वेयरहाउजिङको मूल्य प्रतिकित्ता २२९ रुपैयाँ ६० पैसा, चिरख्वा हाइड्रोपावरको ३३० रुपैयाँ र लुम्बिनी भिजन ऊर्जाको मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ ८० पैसा पुगेको छ ।

नेपाल वेयर हाउजिङको कोड नाम ‘एनडब्लूसीएल’, लुम्बिनी भिजन ऊर्जाको ‘भीएलयूसीएल’ र चिरख्वा हाइड्रोपावरको ‘सीकेएचएल’ रहेको छ । यी तीनै कम्पनीको सेयर बुधबार मात्रै बजारमा सूचीकृत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?