+
+

अध्ययनको निष्कर्ष : कफी धेरै पिउनाले निर्णय क्षमता कमजोर बन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १२:१७

काठमाडौं । कफीको सेवनले व्यक्तिको निर्णय क्षमता तथा रणनीतिक सीपमा नकारात्मक असर पर्ने एक नयाँ अध्ययनले देखाएको छ ।

१२ जना युवा फुटबल खेलाडिमा गरिएको अध्ययन अनुसार क्याफाइनको सेवनले फुटबल पासको सटीकतामा वृद्धि हुने भएपनि खेलाडिको निर्णय क्षमता तथा रणनीतिक कौशलमा नकारात्मक असर पर्ने देखाएको हो ।

शोधका क्रममा फुटबल खेलाडिहरुमा कफी पिउँदा र नपिउँदाको पासको सटीकता तथा निर्णय निर्माणको अध्ययन गरिएको थियो । क्याफाइन सेवनका कारण उनीहरुमा लामो तथा छोटो पासको सटीकतामा वृद्धि भएको पाइयो । तर यसले उनीहरुको निर्णय निर्माणको क्षमता तथा पर्फमेन्समा भने गिरावट ल्यायो । यसका लागि जटील खेल कौशलको मूल्यांकन गर्न पासिङ टेष्ट गराइएको थियो ।

त्यसक्रममा क्याफाइनको सेवनले फुटबल खेलाडिको पासको सटिकता १३.४८ प्रतिशतले बढेको र निर्णय निर्माण सीप ७.१४ प्रतिशतले घटेको देखियो । साथै छोटो पासको सटिकतामा भएको सुधार निरन्तर रहेको भएपनि लामो पास र जटिल लक्ष्यको सटिकता भने फरक–फरक देखियो ।

अध्ययनले खेलाडिहरुको खेलमा रहेको विशेष भूमिका तथा जिम्मेवारीको जटिलताका आधारमा कफीको प्रभाव फरक फरक हुने पनि देखाएको छ ।

स्टाफोर्डशायर विश्वविद्यालय र इरानस्थित शिराज विश्वविद्यालयका शोधकर्ताहरुले संयुक्त रुपमा यो अनुसन्धान गरेका हुन् ।

शोधकर्तामध्येकी एक स्टाफोर्डशायर विश्वविद्यालयकी प्राध्यापक डाक्टर पूया सोल्टानी भन्छिन्– क्याफाइन सर्वाधिक लोकप्रिय पोषक सप्लिमेन्ट मध्ये एक रहँदै आएको छ र यसले व्यायाम तथा फुटबल खेलका बेला समेत खेलाडिलाई फाइदा पुर्याउने बताइन्छ । क्याफाइनले व्यक्तिमा ध्यान, सटिकता तथा गतिमा वृद्धि गर्ने विभिन्न अध्ययनहरुले पनि देखाएका छन् । तर समस्या समाधान तथा निर्णय निर्माण जस्ता उच्च संज्ञानात्मक कार्यहरुमा क्याफाइनको असरको विषय सधै विवादित रहँदै आएको हुनाले हामीले यस विषयमा अनुसन्धान गर्ने निर्णय गर्यौँ ।

यसका लागि उनीहरुले १६÷१७ वर्षका १२ जना फुटबल खेलाडिलाई विभिन्न श्रृंखलाबद्ध कार्यहरु गर्न लगाएर क्याफाइनले उनीहरुमाथि अध्ययन गरेका थिए ।

– न्युरोसाइन्सन्यूज डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?