+
+

हलिउडका दुई ठूला स्टुडियो वार्नर ब्रोज र प्यारामाउन्ट गाभिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १४:३९

काठमाडौं । हलिउडका दुई ठूला फिल्म स्टुडियो वार्नर ब्रोज डिस्कभरी र प्यारामाउन्ट ग्लोबलबीच मर्जर हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एचबीओ र सीएनएनजस्ता ठूला च्यानल चलाउने कम्पनी र ‘मिसन इम्पोसिबल’ फिल्म तथा सीबीएस न्युजको सञ्चालक कम्पनी गाभिन लागेका हुन् ।

यो सम्झौताले ‘बिग फाइभ’ भनिने हलिउडको ठूला स्टुडियोकै हाराहारीमा यी दुईलाई उभ्याइनेछ । बीबीसीका अनुसार वार्नर र प्यारामाउण्टको संयुक्त बजार मूल्य ३८ बिलियन डलर छ ।

यो वार्ता निकै प्रारम्भिक चरणमा रहेको जनाइएको छ । वार्नर प्रमुख डेभिड जास्लाभ र प्यारामाउन्ट मालिक बब बकिश वार्ताका लागि अहिले न्युयोर्कमा छन् । शो र फिल्म स्ट्रिमिङको अर्थ हो कि परम्परागत मिडिया कम्पनीले नेटफ्लिक्स, अमेजन भिडियो र एप्पल टिभीजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्न लगानी बढाउनुपरेको छ ।

वार्नर र प्यारामाउन्टले आफ्नो भिडियो स्ट्रिमिङ सेवा भएको अर्बौं डलरको नोक्सानीलाई कम गर्न लागत कटौतीको योजना बनाएका छन् । एक्सियोस अनलाइनका अनुसार यी दुई कम्पनीका सीईओहरु प्रतिद्वन्द्वी कम्पनी नेटफ्लिक्स र डिज्नी प्लससँग प्रतिस्पर्धा गर्नका लागि प्यारामाउन्ट प्लस र म्याक्स (पहिले एचबीओ म्याक्स)लाई अझै गुणस्तरीय बनाउन चाहन्छन् ।

हालैका वर्षमा यसको स्ट्रिमिङ सेवा सञ्चालन गर्दाको ऋण चुलिएपछि प्यारामाउन्टले रणनीतिक साझेदार वा बिक्रेता खोज्न दबाबमा देखिन्छ । विश्लेषकका अनुसार यस वर्षको ब्लकबस्टर बार्बीपछि वार्नर ब्रदर्सको आर्थिक स्थिति अहिले राम्रो छ ।

वित्तीय प्रदर्शनको पक्षमा मात्र होइन, शो र ग्राहक संख्या हेर्दा पनि नेटफ्लिक्स र अन्य ठूला प्रविधि कम्पनीको प्रभुत्व पछिल्लो समय वृद्धि भइरहेको छ । नेटफ्ल्क्सिले २०२३ मार्च र जुनबीच ५.९ मिलियन र जुलाईदेखि सेप्टेम्बरसम्म विश्वभर ८.८ मिलियन सदस्यता थपेको छ ।

यसको तुलनामा प्यारामाउन्ट प्लसका कुल ग्राहक नोभेम्बर २०२३ सम्ममा ६३.४ मिलियन र वार्नर ब्रदर्स डिस्कभरीका ९५ मिलियन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?