+
+

बाढीको जोखिमबारे सुसूचित गराउन टीकापुर नगरपालिकामा भित्ते नक्सा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १६:३७

काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाले बाढीको जोखिमबारे स्थानीयलाई सुसूचित गराउन भित्ते नक्सा बनाएको छ । नगरपालिकाले युथ इनोभेसन ल्याबसँगको सहकार्यमा वैज्ञानिक भित्ते नक्सा बनाएर कार्यालयमा राखेको हो ।

कर्णाली नदी र मनोहरा खोलाको बीचमा रहेको टीकापुर नगरपालिका हरेक वर्षायाममा बाढीको उच्च जोखिममा रहन्छ । बाढीकै कारण यहाँ जनधनको ठूलै क्षति हुँदै आएको छ ।

युथ इनोभेसन ल्याबले यसअघि १० मे २०२३ मा बर्दियाको राजापुरका स्थानीयलाई बाढीको जोखिमबारे सचेत गराउन पहिलो पटक भित्तेचित्र प्रदर्शनी गरेको थियो । टीकापुर नगरपालिकाको बाढी जोखिम वैज्ञानिक नक्साले स्थानीयबासीलाई बाढीबारे सरल तरिकाले जानकारी दिने र थप सतर्कता अपनाउन अभिप्रेरित गर्ने विश्वास गरिएको छ ।

भित्तेचित्रमा समावेश गरिएको नक्सा, जसमा बाढी गएको समयमा पानी कति माथिसम्म पुग्छ भन्ने देखाइएको छ,  यसले  सरकारलाई बाढी सम्बन्धी सूचना राख्न र नयाँ योजना बनाउन सहयोग समेत पुर्‍याउने जनाइएको छ । यस भित्तेचित्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालन गरेको विपद् पोर्टलमा रहेको विजरिस्क मोड्युलबाट समावेश गरिएको छ ।

त्यसैगरी भित्तेचित्रमा क्यूआर कोड पनि राखिएको छ । यसले गर्दा उक्त कोड स्क्यान गर्ने जोकोहीले विपद्‍बारे थप सूचना पाउन टीकापुर नगरपालिकाको विपद् पोर्टलमा पहुँच पाउन सक्नेछन् । कला र विज्ञानको संयोजनले स्थानीयलाई विपद्‍बारे भरपर्दो सूचना दिन सकिने र यो दीगो रूपमा प्रभावकारी हुने युथ इनोभेसन ल्याबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?