+
+

कांग्रेसको बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १७:०८

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको प्रथम वागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस वागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवार काठमाडौंमा हुने बताए ।

उनले सम्मेलनको पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस वागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली कांग्रेसका  शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौस ७ गते शनिबार बिहान ८:३० बजे समुद्घाटन हुनेछ ।’

कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?