+
+

कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ७:३२

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै छ । धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलि दुई दिन चल्ने छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उदघाटन गर्ने छन् । बन्दसत्र भने महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने छ ।

बन्द सत्रमा प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारी गरी ८ सयभन्दा बढीको उपस्थिति रहने नेपाली कांग्रेसको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पेस हुने छ ।

प्रदेश सम्मेलनभन्दा अगाडि वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले यसअघि गत मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन तथा यही पुस २ र ३ गते गण्डकी प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ ।

यसैगरी बागमतीको सम्मेलन पुस ७ गते र कोशीको पुस ९ गते हुने नेपाली कांग्रेसले जनाएको छ । कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?