+
+

गण्डकी प्रदेशसभा अधिवेशन आजै स्थगित हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १५:५५

७ वैशाख, पाेखरा । गण्डकी प्रदेश सभाकाे शुक्रबार सुरु हुने अधिवेशन आजै स्थगित हुने भएको छ ।

नेपाली कांग्रेसले संविधानकाे भावनाविपरीत मुख्यमन्त्री खगराज अधिकारी नियुक्त भएकाे र कामचलाउ सरकारले अधिवेशन बाेलाएकाे भन्दै बैठक बहिस्कार गर्ने भन्दै सभामुख कृष्णप्रसाद धिताललाई जानकारी गराएको थियो ।

कांग्रेसले बहिस्कार गर्ने निर्णयपछि बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवेशन आह्वान गरेकाे पत्र पढेर अधिवेशन सुरू भएकाे जानकारी गराउने र त्यसपछि स्थगित हुने कार्यसूची तय भएकाे एमालेका प्रमुख सचेतक गाेविन्द नेपालीले जानकारी दिए ।

सभामुखकाेसमेत मत प्रयाेग गरेर चैत २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएकाे भन्दै २९ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका थिए ।

सर्वाेच्चले ७ गतेभित्र मुख्यमन्त्री नियुक्त हुँदाकाे सक्कलै कागजात पेश गर्न आदेश दिँदै यो मुद्दामा १० वैशाखदेखि सुनुवाइ सुरु गर्ने भएको छ । सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न आदेश दिँदा पनि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको भन्दै कांग्रेसले असहमति जनाएको थियो ।

मुख्यमन्त्री खगराजले १० गतेअगावै विश्वासकाे मत लिने तयारी गर्दै अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । तर, विश्वासकाे मत प्राप्त हुने स्थिति नदेखेपछि पछि हटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?