+
+

भूकम्प पीडितलाई मानव धर्म सेवा समितिको राहत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते ८:१३

८ पुस, काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्प पीडितहरुका लागि राहत सामग्री वितरण गरेको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपलिका वडा नं १ र ३ का झण्डै १८ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबीसकोट नगरपालिका वडा नं १ र २ मा ८ सय घरधुरीलाई ६० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो ।

तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको रकमका साथै समितिमा आवद्ध व्यक्तिहरुबाट संकलित रकमले राहत सामग्री वितरण गरिएको नेपाल मानव धर्म सेवा समितिको राष्ट्रिय कार्य समितिका उपाध्यक्ष टेक बहादुर थापाले बताए ।

भूकम्प पीडितहरुका लागि जाडोबाट जोगिन ब्ल्याङकेट तथा चामल, तेल, दाल, चिउरालगायतका खद्य सामग्री वितरण गरिएको हो ।

भुकम्प प्रभावित दुई जिल्ला मध्ये जाजरकोट भेरी नगरपालिका वडा नं १ र ३ मा बढि मानिसको मृत्यु हुनुको साथै करौडौंको क्षति भएको छ ।

त्यसैले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका प्रणेता सत्पालजी महाराजका जेठा छोरा  विभूजी महाराजको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो ।

राहत वितरणका क्रममा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले स्वागत गर्दै मानवताको यो महान अभियानलाई निरन्तरता दिएकोमा धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?