+
+

पोखरा सडक महोत्सव बिहीबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १६:३९

१० पुस, काठमाडौं । पोखरेली पर्यटन ‘ब्रान्ड’ बनेको पोखरा सडक महोत्सवको २५ औं संस्करण बिहीबार सुरु हुने भएको छ ।

पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सव रजत जयन्तीका रुपमा १६ गतेसम्म चल्ने आयोजक रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले जानकारी दिएको छ ।

अंग्रेजी नयाँ अवसरका अवसरमा रेबानले बर्षेनी महोत्सव आयोजना गर्दै आएको छ । विगतमा अंग्रेजी नयाँ वर्षमा नेपालमा बाह्य पर्यटक शून्य हुने अवस्थामा विदेशी पाहुना डाक्ने उद्देश्यसहित महोत्सव सुरुआत गरिएको आयोजकको भनाइ छ ।

‘महोत्सव सुरु हुनुभन्दा अगाडि यो सिजनमा विदेशी पर्यटकको आगमन लगभग शून्य नै हुन्थ्यो । क्रिसमस, उनीहरुको नयाँ वर्ष पनि एकैचोटी हुने भएकाले नेपाल आउँदैथे’, महोत्सव संयोजक विश्वराज पौडेलले भने, ‘उनीहरुलाई नेपाल बोलाउन नै सुरुमा महोत्सव आयोजना गरिएको थियो ।’

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित मनाइने महोत्सवमा थारु, मगर, किरात, नेवारीलगायत जातजाति तथा समुदायको परम्परागत भेषभूषासँगै संस्कृति समावेश गरिने आयोजकको भनाइ छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सव करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?