+
+
छुवाछूतको जिरीखिम्ती उदाहरण :

‘विवाह, वार्षिकी र पुराणमा करेसो जोडिएका छिमेकी बोलाइएन’

भर्खरै बसाइँ सरेर आएका डम्बर खड्का सबै छिमेकी चिन्दैनथे । छोराको विवाहको निम्तो बोकेर उनी स्थानीय सपना नेपालीको घर पुगे । जब नेपाली भनेको दर्जी हो भन्ने थाहा पाए, नाम लेखिसकेको कार्ड बोकेर उनी फर्किए ।

सोम पोर्तेल सोम पोर्तेल
२०८० पुष १२ गते १९:३४

‘नेपाली समाज हजारौं वर्षदेखि मिलेर बसेको छ । वर्षौंदेखि आपसी सद्भाव, एकता थियो । त्यसमा खलल आउन थाल्यो । राजनीति गर्नेहरूले नेपाली समाजलाई जातीय रूपमा विभाजन गरे । आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न मिलेर बसेको समाजलाई खण्डित गर्दैछन् ।’

यी केही प्रतिनिधिमूलक भनाइ हुन् जुन आज नेपाली समाजमा जबरजस्त रूपमा बोलिन थालेको छ । त्यसमा पनि पुरानो व्यवस्थाका हिमायती अथवा पञ्चायती व्यवस्थाका शासकहरूले राजतन्त्र चाहिन्छ भन्न यस्तो तर्क गरेको भए यसको अर्थ बुझिन्थ्यो । तर आफूलाई लोकतन्त्रवादी, गणतन्त्रवादी भन्ने कतिपयका यस्तो तर्कले भने अचम्मित तुल्याउँछ ।

यस्ता तर्क सुन्दा लाग्छ हजारौं वर्षदेखि नेपाली समाजमा कुनै शोषण, उत्पीडन र विभेद पनि थिएन । अनि प्रश्न उठ्छ कुनै शोषण उत्पीडन नै थिएन वा कुनै विभेद नै थिएन भने पुरानो व्यवस्था किन फालेको ? गणतन्त्र किन ल्याएको ? राजतन्त्र किन हटाएको ? तिनका ठाउँमा तिमी शासक बन्न मात्रै हो ?

नेपाली समाजमा वषौर्ंदेखि रहेको छुवाछूत, भेदभाव, शोषण र उत्पीडनका विरुद्ध आज मसिनो स्वरमा भए पनि आवाज उठ्न थालेको छ । स-सानो भए पनि विद्रोह सुरु हुन थालेको छ । यस्तो बेलामा लोकतन्त्रका हिमायती र गणतन्त्रका जननी ठान्नेहरूलाई नै सामाजिक सद्भाव भड्किने सारै ठूलो पिर पर्न थालेको छ ।

सन्दर्भ हो जिरीखिम्तीको । यो कुनै दुर्गम र पिछडिएको क्षेत्रको कुरा होइन, शिक्षित र सभ्य भनिएका मानिसहरूको बसोबास भएको मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० जिरीखिम्ती टोलको वास्तविकता हो । यो टोल पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको एउटा बस्तीको हो, जहाँ करिब २५ घर जति उत्पीडित दलित समुदाय सहितको मिश्रति बस्ती छ ।

जिरीखिम्तीमा २०८० जेठ महिनामा स्थानीय शान्ति सुवेदीको घरमा सप्ताह पुराण आयोजना गरिएको थियो । पुराणमा दलित समुदायका छिमेकीलाई समेत निम्तो गरिएको थियो । दलित समुदायका छिमेकीहरूले ल्याएको फूल र प्रसाद घरमुलीले मण्डपमा लगेर चढाउने व्यवस्था मिलाइएको रहेछ ।

निम्तालुमध्येकी स्थानीय रिता गहतराजले आफूले ल्याएको फूल मण्डपमा आफैंले चढाउन पाउनुपर्ने जिकिर गरिन् । आयोजकहरूले सानो जातकाले माण्डप छुन नहुने तर्क गरे । सो तर्क-वितर्क पछि इलाका प्रहरी कार्यालय पथरीहुँदै मुद्दा जिल्ला अदालत मोरङ्गसम्म पुग्यो । अनि बन्यो दलित समुदायलाई सामूहिक बहिष्कार गर्ने योजना ।

घटनाको बारेमा बुझ्न जाँदा स्थानीय पीडितहरूले सविस्तार नालीबेली सुनाए । घटनाक्रम सुनिरहँदा २०६४ सालतिर झापाको बाह्रदशीको एउटा शिवालय मन्दिरको घटना याद आयो । पहिले दलितहरूलाई मन्दिरमा प्रवेश गर्न नदिंदा खुरुक्क मान्ने गरेका रहेछन् । नमाने पछि समस्या भएको रहेछ ।

२१ जेठ २०६३ मा पुनस्र्थापित संसद्ले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेपछि स्थानीय दलित समुदायले सो मन्दिरमा आफूहरू पनि प्रवेश पाउनुपर्ने माग गरेछन् । मन्दिर भित्र प्रवेश गरेर जल चढाउन पाउनुपर्ने माग राखेछन् । अनि त्यहाँका अगुवाहरूले नयाँ योजना बनाएछन् ।

स्थानीय अगुवा युवा रमेश ढुङ्गानाको घरमा सप्ताह पुराण आयोजना गरिएको थियो । उनको नजिकमा प्रेम विश्वकर्माको घर छ । उनको र विश्वकर्माको घरको बीचमा बाटो छ । पुराणमा गाउँका अरू जातजातिका छिमेकी बोलाए । अलि वरपरका मान्छेहरू पनि सप्ताहमा आए । तर करेसो जोडिएको प्रेमबहादुर विश्वकर्मालाई समेत निम्तो गरेनन्

शिवलिङ्ग माथिको जलहरीमा पानी चढाउनलाई तामाको डुँड बनाएर मन्दिर बाहिरबाट लैजाने सबै भक्तहरूले बाहिर नै तामाको डँुडमा पानी चढाउने त्यो पानी मन्दिरभित्रको जलहरीमा जम्मा भएर शिवलिङ्गमा पुग्ने व्यवस्था गरिएछ ।

अछूतले छोएको पानी चढाउन दिए पनि अछूतलाई भगवानलाई छुन नदिने योजना तत्काललाई सफल भएछ । केही समय कार्यान्वयनमा आएको त्यो योजना पछि स्थानीय उत्पीडित दलित समुदायको विद्रोहपछि असफल भएको थियो ।

ठीक त्यसैगरी जिरीखिम्तीका दलितहरूले विवाह, ब्रतबन्ध, पूजा, पुराणमा आफूहरूलाई छुवाछूत र भेदभाव गर्न नहुने, गरेमा कानुनी कारबाहीको माग गर्ने प्रक्रिया अघि बढाएछन् । त्यसपछि त्यहाँका आफूलाई अगुवा ठान्ने व्यक्तिहरूले नयाँ जुक्ति निकालेछन् ।

जसको घरमा शुभकार्य भए पनि दलित समुदायका कुनै पनि व्यक्तिलाई निम्तो नगर्ने गोप्य उर्दी जारी गरिएछ । त्यो उर्दीको पहिलो कार्यान्वयनकर्ता बन्नु पर्‍यो स्थानीय थिरु माझी । २०८० जेठमा उनले आफ्ना भाइ मंगल माझीको विवाह धुमधामका साथ गरे । विवाहमा दलितहरूलाई बोलाएमा गैरदलित सबैले बहिष्कार गर्ने घोषणा उनलाई सुनाइयो । उनले दलित समुदायका अरू छिमेकीलाई नबोलाउन पनि सक्थे तर आँगन नै जोडिएको शेरबहादुर नेपालीको परिवारलाई बोलाउन नपाउँदा उनको मन खिन्न भयो ।

विवाहको केही दिन पूर्व छिमेकी नेपालीको घरमा गएर उनले ‘तपाईंहरूको जातिलाई नबोलाउन गाउँले ठूलाबडाको उर्दी छ । त्यसैले तपाईंलाई विवाहमा बोलाउन सकिनँ । विवाहमा आएर भोज खान नपाए पनि तपाईंको परिवारका लागि म खाना घरमा नै ल्याइदिन्छु है’ भनेछन् ।

जिरीखिम्तीमा भर्खरै बसाइँ सरेर आएका स्थानीय डम्बर खड्काले २०८० असारमा आफ्नो छोराको विवाह गरे । विवाहमा आउन दलित समुदायलाई निम्तो दिने कुरै भएन । के भएछ भने नयाँ भएकोले उनले आफ्ना सबै छिमेकीलाई चिन्दैनथे ।

विवाहको निम्तो कार्ड बोकेर स्थानीय सपना नेपालीको घरमा पुगे । घरमुलीको नाम सोधे, थरमा नेपाली भनेपछि नेपाली भनेको कुन जाति हो भनेर सोधे । घरमुलीले दर्जी हो भनेपछि नाम लेखिसकेको कार्ड बोकेर उनी फर्किए ।

स्थानीय अगुवा युवा रमेश ढुङ्गानाको गत वर्ष हजुरआमा (बुबाको आमा) को निधन भएको थियो । २०८० मंसिरमा हजुरआमाको वार्षिकी सकेर घरमा सप्ताह पुराण आयोजना गरिएको थियो । उनको नजिकमा प्रेम विश्वकर्माको घर छ । उनको र विश्वकर्माको घरको बीचमा बाटो छ । पुराणमा गाउँका अरू जातजातिका छिमेकी बोलाए । अलि वरपरका मान्छेहरू पनि सप्ताहमा आए । तर करेसो जोडिएको प्रेमबहादुर विश्वकर्मालाई समेत निम्तो गरेनन् ।

२०८० मंसीरको तेस्रो साता स्थानीय युवा निकेश दाहालको धुमधामसँग विवाह भएछ । स्थानीय जगत तिवारीलाई गाउँका सबैलाई निम्तो गर्ने जिम्मेवारी थियो । अरू दलित समुदायका छिमेकीलाई त निम्तो दिने कुरा भएन नै आँगन नै जोडिएका लेखबहादुर शंकरको परिवारलाई पनि विवाहमा बोलाइएन ।

अर्को कुरा के भएछ भने विद्यालय जाने उमेर समूहका दलित समुदायका स्थानीय बालबालिकाले आफ्नो साथीहरूसँग बेहुली हेर्न जाने कुरा गरेछन् । अन्य समुदायका बालबालिकाले तिमीहरू सानो जातिका मान्छेले ठूला जातिको विवाहमा जानुहुँदैन रे भनेछन् । स्मरणीय कुरा के छ भने बेहुला निकेश दाहाल बहालवाला सरकारी कर्मचारी हुन् भने उनका बाबु समेत सेवानिवृत्त सरकारी कर्मचारी हुन् ।

जिरीखिम्तीमा पछिल्लो ६ महिनामा भएका यी केही प्रतिनिधिमूलक घटना हुन् । यो कुनै दुर्गम गाउँ र पिछडिएको समुदाय बसोबास गरेका ठाउँको घटना होइन । सुगम ठाउँ, पूर्व-पश्चिम राजमार्गसँग जोडिएको बस्तीको कथा हो ।

हामीलाई अन्याय गरियो, बहिष्कार गरियो भनेर स्थानीय दलितहरूले समाजका अगुवा र जनप्रतिनिधिलाई नभनेका होइनन् । तर विभिन्न कुतर्क गर्दै आफूलाई अगुवा ठान्नेहरू समेत पन्छिइरहेको स्थानीयको गुनासो छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट घटना सार्वजनिक हुनथालेको पनि निकै भयो तर स्थानीय राजनीतिक दल र तिनका नेता कार्यकर्ता, जनप्रतिनिधि, राज्यका जिम्मेवार निकाय कानमा तेल हालेर बसेका छन् ।

उल्लिखित घटनाको बारेमा स्थानीय केही बुज्रुकहरूको तर्क चाहिं यस्तो हुँदोरहेछ- आफ्नो घरको शुभकार्यमा कसलाई बोलाउने कसलाई नबोलाउने व्यक्तिको स्वतन्त्रताको कुरा होइन र ? आर्थिक रूपमा कमजोर भएको कारण सबैलाई बोलाउन नसकेको होला नि ?

हो मान्छेलाई आफ्नो घरको शुभकार्यमा कसलाई बोलाउने वा नबोलाउने भन्ने स्वतन्त्रता छ । तर, कुनै जाति वा समुदाय वा धर्म वा लिङ्गको व्यक्तिलाई मात्रै नबोलाउने गर्न पाइँदैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्थाले यसलाई सामाजिक बहिष्कारको रूपमा परिभाषित गरेको छ । सामाजिक बहिष्कार गर्नु गम्भीर अपराध हो ।

नेपालको संविधान र संविधानको मार्गदर्शनमा बनेको जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ ले यस्तो कार्यलाई दण्डित गर्ने व्यवस्था गरेको छ । यो ऐन अन्तर्गतको कसुर सरकारवादी हुने व्यवस्था छ । घटना यति धेरै सार्वजनिकीकरण भइरहँदा समेत राज्यका सम्बन्धित निकायको मौनता उदेकलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?