+
+

मेनुकालाई उदितनारायणले दिए साईबाबाको मूर्ति, इण्डियन आइडलमा सँगै गाए गीत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १२:३०

काठमाडौं । इण्डियन आइडलको आउँदो एपिसोड रोचक हुने देखिएको छ । गायक उदितनारायण झा विशेष अतिथि बनेर आउँदैछन् । यो सप्ताहन्त नै उदितनारायण विशेष हुँदैछ ।

प्रतिस्पर्धीले उदितको गीतमा एक से एक शानदार प्रस्तुति दिएका छन् । नेपालकी मेनुका पौडेलले उदितको गीत ‘साइनाथ’ गाइन् । उनको उत्कृष्ट प्रस्तुतिमा प्रभावित भएका उदितले साइबाबाको मूर्ति मेनुकालाई उपहार दिए ।

मेनुकासँगै उदितले आइडलको मञ्चमा गीत गाए । त्यसपछि उनले मेनुकालाई अँगालो हाले र उनको प्रशंसा गरे । त्यसपछि उनलाई साइबाबाको मूर्ति दिए ।

क्रिसमस स्पेसल रहेको उक्त एपिसोडमा उदित सान्ताको हुलियामा स्टेजमा पुगेका थिए । जहाँ उनले सबैजनालाई गुलाफको फूल बाँडे ।

सोनी इन्टरटेनमेन्ट टेलिभिजनले आगामी एपिसोडको टिजर सार्वजनिक गर्दै मेनुका र उदितको प्रस्तुतिलाई ‘डिभाइन पर्फमेन्स’ भन्दै सेयर गरेको छ । आइडलको सिजन १४ मा मेनुकाले सुरुदेखि नै शानदार प्रस्तुति दिएकी छन् ।

दुई साताअघि उनले ‘सलार’ फिल्ममा गीत गाएर भारतीय पार्श्वगायनमा डेब्यु समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?