+
+

वैभव गुप्ताले जिते इण्डियन आइडल सिजन १४ को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १७:५४

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ सिजन १४ को उपाधि वैभव गुप्ताले जितेका छन् । आइतबार बेलुका आयोजित ग्राण्ड फिनालेमा उनले उपाधिसँगै २५ लाख भारु नगद र ब्रेजा ब्राण्डको कार पनि प्राप्त गरे ।

ग्रान्ड फिनालेमा सोनु निगम विशेष जजको रुपमा आमन्त्रित थिए । गायिका नेहा कक्कड पनि फिनालेमा उपस्थित थिइन् । ‘प्यारेलाल सिम्फनी च्यालेन्ज’ गुप्ताले सन् १९९१ को एक्सन-क्राइम ड्रामा फिल्म ‘हम’को ‘चुम्मा दे दे’ गाएका थिए । फिनालेमा उनले सोनु निगमसँग ‘जोरुका गुलाम’ गाए ।

फिनालेमा आद्या मिश्रा, अनन्या पाल, पियुष पनवार, सुभदीप दास, अञ्जना पद्मनाभन र वैभव गुप्ताबीच प्रतिस्पर्धा भएको थियो । शोमा शुभदीप फस्ट रनरअप र पियुष सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै पाँच लाख भारुको चेक पाए । अनन्या शोकी थर्ड रनरअप भइन् । ट्रफीको साथमा उनले तीन लाख भारु पुरस्कार पाइन् ।

जितपछि मिडियासँग कुरा गर्दै वैभवले भगवानको इच्छाअनुसार आफ्नो सपना पूरा भएको बताए । उनले बलिउडमा प्रवेश गर्ने इच्छा समेत व्यक्त गरे । प्रतिस्पर्धाको क्रममा निर्देशक महेश भट्टले गरेको प्रशंसाको उनले स्मरण गरे ।

सिजन १४ को प्रतिस्पर्धामा नेपालकी मेनुका पौडेलले पनि भाग लिएकी थिइन् । उनी उत्कृष्ट १० बाटै बाहिरिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?