+
+

विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगहरूको विद्युत लाइन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते ८:५५

१४ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ ।

डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेको दावी सहित छुट बिलको पत्र पठाएको प्राधिकरणले समस्या समाधानको पहल भइरहेका बेला उल्टै थप उद्योगहरुको विद्युत् लाइन काटेको हो ।

प्राधिकरणले यही पुस ६ गतेबाट  लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा  चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो जसमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योग रहेको प्राधिकरणको दावी छ ।

शुक्रबार लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको प्राधिकरणको दावी छ ।

शुक्रबार बाबा जुट मिल , निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, जगदम्बा इन्टरप्राइजेज , हामा आइरन , एभरेष्ट पेपर मिल को लाइन काटिएको छ ।

यसैगरी,  कसमस सिमेन्ट , शुभश्री अग्नी सिमेन्ट , जगदम्बा सिन्थेटिक, घराना फुड्स , सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी इस्पात को लाइन काटिएको छ ।

प्राधिकरण्ले लाइन काटिएका सबै उद्योगमा बक्यौता बाँकी रहेको दावी गर्दै आए पनि ती उद्योगहरुले बिजुली प्रयोग गरेको प्रमाण अहिलेसम्म दिन सकेको छैन् ।
उद्योगीहरुले प्रयोग नगरेको बिजुलीको बिल दावी गर्दै प्राधिकरणले उद्योगीमाथि अन्याय गरेको आरोप लगाउँदै आएका छन् ।

विद्युत प्राधिकरणले बिजुली प्रयोगको प्रमाण रहेको दावी गरिरहे पनि अहिलेसम्म टीओडी मिटरको बिबरण दिन सकेको छैन् । अदालतसमक्ष उसले आफुसँग टीओडी मिटरको बिबरण नभएको जवाफ पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?