+
+

आज महाराजगञ्जका केही ठाउँमा ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते ८:४७

१६ फागुन, काठमाडौं । आज काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि केही समय सेवा बन्द गर्न लागिएको हो ।

विद्युत प्राधिकरणका अनुसार आज महाराजगञ्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

यस्तै, सोही वितरण केन्द्रअन्तर्गत १७ गते गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्र, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा ४ घण्टाका लागि बन्द हुनेछ ।

२० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?