+
+

‘मिसन सेक्रेट’ भन्दै नेपाल आइपुग्यो विश्वचर्चित युट्युब स्टार मिस्टर बिस्टको टीम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १४:०२

काठमाडौं । विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन् ।

मिस्टर बिस्ट सन् २०२३ मा टि-सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ । उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् ।

विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ । उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका हुन्छन् । उनले भिडियोमा आफू टिमसहित नेपाल आइपुगेका बताएका छन् । भिडियोमा उनी डेरेन नामक सहयोगीसहित हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविरमा पुगेको देखिन्छ ।

नेपाल आइपुगेको गोप्य कारण भने नयाँ वर्ष २०२४ मा मात्र खुलाउने उनको भनाइ छ । यद्यपि, उनको नेपालको ‘मिसन सेक्रेट’ परोपकारी कार्यबाट प्रेरित रहेको हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?