+
+

सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले गरे नेपाली अस्पताल मर्मत, १६ हजारले लाभ लिनसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १२:०३

काठमाडौं । विश्वभर युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् ।

डिसेम्बरमा उनको टिम नेपाल आइपुगेको थियो । बिस्टले नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकास्थित अस्पतालको मर्मत गरेकोबारे जानकारी दिएका छन् ।

भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको छ । निर्माणाधीन अस्पताल र स्वास्थ्यकर्मीलाई पनि देखाइएको छ ।

बिस्टको समूह र ‘गिभ पावर’ नामक सामाजिक संस्थाले उक्त अस्पतालको मर्मत कार्य अघि बढाएको पनि देखिन्छ । बायोमेडिकल इन्जिनियर सञ्जबहादुर सिंह ठकुरीसँग मिलेर उनीहरुले मर्मतको काम अघि बढाएको देखाइएको छ ।

उक्त अस्पतालमा प्रसूति सेवा पनि उपलब्ध हुने उल्लेख छ । ड्यारेन मार्गोलिस नामक बिस्टको टिमका एक सदस्यले नेपालको हिमाली क्षेत्रमा पाइने लोकल चियाको प्रशंसा गरेका छन् ।

त्यसपछि मिस्टर बिस्टको टिमले सोलार प्यानल बिछ्याउँछ । १० थान ‘बेबी वार्मर डिभाइस’ पनि उपलब्ध गराइएको छ । बेवारिसे अस्पताललाई सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गरेको दृश्य भिडियोमा छ ।

यो अस्पतालबाट १६ हजार मानिस लाभान्वित हुने भनिएको छ । भिडियोमा गाउँको अस्पतालमा गाउँले भेला भएर पहिलोपटक बत्ती बलेको दृश्य पनि देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?